• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ओखलढुंगाको लिखु गाउँपालिकाको एउटै वडामा  ६ जनामा कोरोना पुष्टि

ओखलढुंगा । ओखलढुंगाको टारकेराबारीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीका २३ जनाको एन्टिजेन विधि मार्फत कोरोना परिक्षण गर्दा शिक्षक र विद्यार्थी सहित ६ जनामा संक्रमण पुष्टि भएको हो ।

अधिकांस नागरिकमा ज्वरो, रुघाखोकी र कोभिडसँग मिल्ने लक्षण देखिए पछि वडाले गाउँपालिकासँग स्वास्थ्यकर्मी र कोभिड परिक्षण किट माग गरेको थियो । डामा गएर लक्षणिक बिरामीको स्वाव परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत डाक्टर शाकिर अन्सारीले बताए । परिक्षण गरिएका मध्ये अधिकांसमा समान्य ज्वरो आएको पाइएको उनको भनाई छ ।

वडाका ६ जना नागरिकमा संक्रमण पुष्टि भएपछि सुरक्षित रुपले होम आइसोलसनमा बस्न आग्रह गर्दै आवस्यक स्वास्थ्य प्रवन्धका लागि पहल भइरहेको लिखु गाउँपालिका ८ का वडा अध्यक्ष पुरुषोत्तम पौडेलले बताए । अन्य नागरिकको स्वास्थ्य परिक्षण र आवस्यक स्वास्थोपचारमा वडा जुटेको उनको भनाई छ ।

शिक्षक, विद्यार्थी र अभिभावकमा ज्वरोसहित कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिएपछि शनिबार वडाको जाल्पा माध्यमिक विद्यालय आइतबारबाट ५ दिनका लागि बन्द गरेकाे छ । आइतबार गरिएको परिक्षणमा दुई जना शिक्षक सहित एक ८ बर्षीय विद्यार्थी र अन्य तीन जना गरि ६ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लाका अन्य ठाउँमा पनि भाइरल ज्वरोका विरामी बढेका छन् । भाइरल ज्वरोका बिरामीमा कारण अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर