• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

रुस्दीमाथि छुरा प्रहार : चुकिल लगाएर कोठाभित्रै बस्छन् आक्रमणकारीका बाबु

एजेन्सी । उपन्यासकार सलमान रुस्दीको हत्या आरोपितका बाबुले कसैसँग बोल्न अस्वीकार गरिरहेका छन् । आरोपितका बुबाले दक्षिणी लेबनानमा आफ्नो घरमा आफूलाई थुनेर राखेका उक्त सहरका मेयर अली तेहफेले आइतबार जानकारी दिए । 

न्यूयोर्क राज्यमा शुक्रबार भएको आक्रमणका संदिग्ध न्यु जर्सीका २४ वर्षीय हादी मटर भएको प्रहरीले जनाएको छ । उनले अपराध स्वीकार गरेका छैनन् । मटरको परिवार दक्षिणी लेबनानी सहर यारोका हुन् । उनका अभिभावक अमेरिका बसाइँ सरेको र मटरलाई त्यहाँ जन्म दिने र हुर्काएको बताए । धेरै नै वर्षअघि उनका बाबु भने लेबनानमा नै फर्किएका थिए । 

‘मटरका बुबा अहिले लेबनानमा छन् । उनी भित्रबाट ढोका लगाएर बसेका छन् । कसैलाई कुनै पनि प्रकारको बयान दिन अस्वीकार गरेका छन्’, मेयर तेहफेले भने,  ‘हामीले उनीसँग धेरै प्रयास ग¥यौँ । हामीले मानिसहरू पठायौं, ढोका ढक ढक गर्यौँ । तर, उनी बोल्न मानेनन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर