• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कोन्टे भर्सेस टुचेलः २–२ गोलको बराबरी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी र टोटनह्यामबीचको तनावपूर्ण खेल बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा खेलाडीमात्र हैन प्रशिक्षकहरुकाबीच समेत तनाव उत्पन्न भएको खेलमा चेल्सीलाई टोटनह्यामले २–२ गोलको बराबरीमा रोकेको हो ।

२–१ गोल अन्तरले पछि परेको अवस्थामा टोटनह्यामका ह्यारी केनले खेलको ९६औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेर टोटनह्यामलाई हारबाट बचाएका थिए ।

यस अघि चेल्सीका लागि कालीडोउ कोउलीबाली र रीच जेम्सले एक एक गोल गरेका थिए भने टोटनह्यामका लागि पिएरे एमिली होजजेर्गले एक गोल गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर