• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

वाइसिएल दोस्रो भेला: नयाँ नेतृत्वमा सेर्पाली, गुरुङ कि शाही ?

काठमाडौं । आगामी भदौको ३ र ४ गते माओवादीका युवाहरूकाे संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले दोस्रो राष्ट्रिय भेला गर्दै छ । भेलाले विधान परिमार्जन, साँगठानीक प्रतिबेदनदेखि नयाँ नतृत्वसम्म चयन गर्ने छ ।

माओवादी केन्द्रले अन्य संगठनहरुलाई भातृ तथा जनवर्गीय संगठन भन्ने गरे पनि योङ कम्युनिष्ट लिग (वाईसिएल)लाई पार्टीको सहायक संगठन भन्ने गरेको छ । माओवादी शान्तिपूर्ण राजनीतिमा पर्दापण गर्दै गर्दा वाईसिएलको चर्चा र सक्रियता पार्टीको भन्दा कम रहेको थिएन । काठमाडाैंकाे बाटाे विस्तार तथा हरियालीका लागि बिरूवा राेपण र सामाजिक विकृतीका विरूझ वाइसिएर प्रखर रूपमा उत्रिएकाे थियाे ।

ब्यारेकको सामूहिक बसाई र उसका कतिपय अर्थन्यायीक गतिविधिको विपक्षीहरूले आलोचना गरेका थिए । आम उत्पीडित र संकटमा परेका नागरिकको पक्षमा भएका कामले गर्दा लोकप्रियता पनि उच्च रहेको थियो ।

त्यो पुरानो विरासत आज नभएपनि वाईसिएलप्रतिको युवाहरुको आकर्षण र माओवादी केन्द्रको तयारी सामान्य छैन । त्यसैले पनि वाईसिएलको आसन्न राष्ट्रिय भेला त्यसले लिने नीति र चुन्ने नेतृत्वको विषयमा सार्वजनिक चासो बढेको छ ।

भदौ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय भेलामा संगठनको विगतको समीक्षा, वर्तमानको अवस्था र भविष्यको कार्यदिशा एवं कार्ययोजनाबारे छलफल गरी ठोस कार्यदिशा पनि तय गरिने वाइसएिलका नेताहरुले बताएका छन् ।  

भेलाले सबै नेतृत्वको पंक्ति  टुङ्ग्याउने र निर्विवाद रुपमा नेतृत्व चयन हुने वाईसएिलका पूर्व अध्यक्ष तथा इन्चार्ज रामप्रसाद सापकोटाले समाचार दैनिकलाई बताए ।

सापकाेटा पनि उमेरहदका कारणा वाइसिएल अध्यक्षबाट बिदा भएका थिए भने वर्तमान अध्यक्ष सुमन देवकाेटा पनि उमेरहद् कै कारण बाहिरिन लागेका हुन् । वाइसिएलमा ४० वर्ष मुनिका युवाहरू मात्रै रहन पाउने प्रावधान छ ।  

को हो त नयाँ अध्यक्ष ? 

वाइसिएलको नजिकै आएको भेला अघिनै नयाँ नेतृत्व चयनका विषयमा बहस भइरहेको छ ।

अहिले वाइसएिलमा हाल सहसंयोजक रहेका सुबोधराज सेर्पालि, ज्ञानेन्द्र गुरुङ (कसम)  र गणेश शाहिको नाम चर्चामा आएको छ । रुची अन्य नेताहरुको भएपनि हाल नेतृत्वको प्रतिस्पर्धामा  सेर्पाली, गुरुङ र  शाही  रहेका छन् ।

तीनजनाको दावी रहेको भए पनि सेर्पाली अध्यक्ष बन्ने संभावना बढी रहेको नेताहरु बताउँछन् ।  

शेर्पाली पार्टीको केन्द्रिय सदस्य हुन् भने गुरुङ र शाही पार्टीको वैकल्पिक केन्द्रिय सदस्य हुन् । तिनै जना नेताको व्यवस्थापन गर्न असहज नरहेको नेताहरु बताउँछन् ।

यस अघिको भेलामा पनि देवकोटा र सेर्पालीबीच बिवाद हुँदा देवकोटाले उमेरहदका कारण पूरा कार्यकाल व्यतित् गर्न नपाउने भएकाले बीचैमा भेला गरेर सेर्पालीलाई हस्तान्तरण गर्ने समझदारी भएको थियो ।

    
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर