फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सकियो  

काठमाडौं । फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीको बत्तिसपुतलीमा रहेको तृप्ता रेस्ट्रोमा अडिसन भएको थियो ।पहिलो आडिशन सफलतापूर्वक सम्पन्न भएको र चाँडै दोस्रो अडिसनको तयारीमा रहेको पनि आयोजक गर्ग प्रोडक्सन हाउसका सिईओ विशाल कुमार गर्गले बताए ।

साथै फेश अफ ग्लामर हन्टका ब्रान्ड एमबेस्डर आलिशा बास्तोलाले पनि फेश अफ ग्लामर हन्टलाई एउटा राम्रो स्थानमा पु¥याउन आफ्नो भूमिका रहने प्रतिवद्धता जनाइन् ।फेश अफ ग्लामर हन्टको पहिलो अडिसन भब्यका साथ गरे जसरी नै दोस्रो अडिसन पनि भब्य गर्ने ईभेन्ट म्यान्जर राहुल कुमार ढकालले जानकारी दिए ।

यो इभेन्टको निर्णायक मण्डलमा टुगेन श्रेष्ठ (मिस्टर काठमाडौं) अपेक्षा खड्का (अन्तर्राष्ट्रिय मोडल) शिशीर सिंह (मोडल तथा फेशन कोरियोग्राफर), दुर्गा बिष्ट (डिजाइनर) र मोनु शाह (कलाकार तथा मोडल) रहेका छन् । अफिसियल फोटोग्राफरको भूमिकामा भने अनुप प्रधान रहेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर