• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारतलाई फिफाको प्रतिबन्ध

काठमाडौं । अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने भारतलाई प्रतिबन्ध लगाएको हो । 

संघको चुनाब विगत दुई वर्षदेखि हुन सकेको छैन । अहिले एआईएफएफको विभिन्न मुद्दा अदालतमा छ । तर, स्वतन्त्र चुनाब नभएपछी फिफाले प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्नेछ । यसअघि दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर