• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रचण्ड–बाबुराम फेरि सँगसँगै: दल दर्ता गर्न निर्वाचन आयोग पुग्दै

काठमाडौं । कुनै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई खरानी रंगको उस्तै सफारी सुट लगाउँथे । एउटै घरमा बस्थे । 

कालान्तरमा प्रचण्डबाट नहुनेभयो भन्दै बाबुराम विरक्तिएर बाटो लागे । प्रचण्डले पनि दिक्क हुँदै भने, धन्न यत्रो २५ वर्ष मैले बाबुरामलाई झेलें, अरु कसैले झेलेर देखाओस त ! 

भयो पनि त्यस्तै अन्ततः बाबुराम उनै प्रचण्डसँग कुममा कुम मिलाएर निर्वाचन आयोगमा एउटै चुनाव चिन्हमा लड्न आईपुगेका छन् । दुई नेताहरुबीचको टुटेको गाँठो जोडिन ८ वर्ष लगेको छ । 

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समया आज अन्तिम दिन हो ।  आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो।

सोही समय सीमालाई मध्यनजर गर्दै सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतले आज दल दर्ता गर्ने कार्यक्रम तय गरेका छन्।

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम तय भएको प्रचण्डको सचिवालयले जनाएको छ।

निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो।

बाबुराम भट्टराई अहिले एउटै चुनाव चिन्हमा चुनाव लड्ने र चुनाव पछि पार्टी एकता गरेर प्रचण्डसँगै फर्किन तयार भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर