• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

अखिल अध्यक्ष सुनिता बराल झापाबाट चुनाव लड्ने  

काठमाडौं । गत स्थानीय चुनावबाट जवरजस्त स्थापित हुन खोजेको ‘राजनीतिमा युवा’ भन्ने अभियानलाई स्थापित पुराना दलहरुले पनि पछ्याउन थालेका छन् । अक्सर पाका नेताहरुको वर्चस्व रहेको सवैभन्दा ठुलो दल नेकपा एमाले, दोस्रो ठुलो र सवैभन्दा पुरानो दल नेपाली काँग्रेस, तुलनात्मक रुपमा नयाँ तर पुरानै नेताहरुको बाहुल्य रहेको माओवादी केन्द्र जस्ता दलहरुले पनि युवा नेताहरुलाई राजनीतिक नेतृत्वमा अघि सारिरहेका छन् । 

सम्बन्धी पार्टीहरुको केन्द्रीय समितिमा नै युवा नेतृत्व सुनिश्चित गर्नु, स्थानीय तहका चुनावमा युवाहरुको संख्या ह्वात्तै बढाउन तयार हुनु यसका उदाहरण हुन् । 

मंसिर ४ का लागि घोषित प्रदेश तथा संघीय चुनावमा पनि यी पुराना तथा नयाँ दलहरुले समेत युवाहरुको उम्मेदवारी संख्या ह्वात्तै बढाउने भएका छन् । दलहरुले युवाहरुलाई उचित स्थान नदिदा स्वतन्त्र युवाहरुले राजनीतिमा महत्वपूर्ण जित हात पारेकाले पनि पुराना दलहरु नयाँ नेतृत्व विकासमा जवरजस्त तयार भएका हुन् । 

यसै मेसोमा संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसपालीको चुनावमा नयाँ अनुहारहरुलाई डेब्यू गराउँदै छ । यस अघि चुनावै नलडेका, समानुपातिका बसेका तथा अन्य विभिन्न संगठनमा सक्रिय युवाहरुलाई एमालेले चुनावी मैदानमा उतार्ने तयारी गरेको हो । 

त्यसैमध्येकी एक हुन्, एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बराल । 

विद्यार्थीको अध्यक्ष भएर युवा समुदायमा आफ्नो प्रभाव विस्तार गरिरहेकी बराल विद्यार्थी राजनीतिबाट अब पार्टी राजनीतिमा सिफ्ट गर्ने तयारीमा छन् । 

अघिल्लो विद्यार्थी अध्यक्ष ऐन महरको सक्सेसरको रुपमा विद्यार्थी आन्दोलन हाँक्न आएकी उनले राजनीतिमा पार्टी विपक्षी मैदानमा पुगेका कारण पनि विद्यार्थी संगठनको प्रतिपक्षी भूमिका निभाउन पाईरहेकी छन् । महर अध्यक्ष बनेकै बेला पनि बरालको समेत अध्यक्षमा चर्चा चलेको थियो । 

अक्सर सत्ताको विरोधी जस्तो देखिने विद्यार्थी आन्दोलन आफ्नै दलको सरकार हुँदा सडकमा उत्रन अप्ठ्यारो पर्ने अवस्था विद्यमान छ । तर एमाले प्रतिपक्षमा भएकाले पनि नेता बरालले आम विद्यार्थीको हीत तथा सामाजिक राजनीतिक मुद्दाहरुमा आफ्नो उपश्थिति देखाउन पाईरहेकी छन् । 

राजनीतिक रंगमञ्चमा जन्मभूमि झापा र विद्यार्थी आन्दोलनमा बिराटनगरमा समेत स्थापित बराल केन्द्रीय राजनीतिमा समेत एमालेबाट उदाउँदो युवा नेता हुन् । कानुनको अध्ययन र अभ्याससमेत भएकी उनले यसपटकको संघीय तथा प्रदेशको चुनावमा झापाबाट प्रतिस्पर्धा गर्ने तयारी गरेकी छन् । 

‘पार्टीले निर्णय गरिनसकेकाले कुन क्षेत्रबाट चुनाव लड्ने हो भन्ने किटान भएको त छैन, समाचार दैनिकसँग कुरा गर्दै बरालले भनिन्, ‘तर यसपाली गृहजिल्ला झापाबाटै चुनावी मैदानमा उत्रने तयारी गरिरहेको छु ।’ बराल पार्टी राजनीतमा हाेमिएमा अखिलकाे नेतृत्वमा आरसी लामिछाने पुग्नेछन् । उनी हाल वरिष्ठ उपाध्यक्ष छन् ।

एमाले अध्यक्ष केपी ओली र अखिल अध्यक्ष बरालको गृह जिल्ला एउटै, जिल्ला मात्र हैन क्षेत्र पनि एउटै हो । झापा ५ बाट ओली निर्वाचित भएका हुन् ।

संघीय चुनाव लड्का लागि या त अध्यक्ष ओली समानुपातिकमा बस्ने अवस्था आउनु पर्दछ या नेता बराल यसपाली झापा क्षेत्र नम्बर ५ को ख बाट प्रदेशमा उठ्न तयार हुनुपर्ने अवस्था देखिएको छ । अथवा अध्यक्ष ओलीले युवा नेताहरुलाई संघमा नै अघि बढाउन खोज्दा झपाको अर्को क्षेत्रबाट समेत अध्यक्ष बराल चुनावी मैदानमा उत्रन सक्ने अखिलका नेताहरु बताउँछन् ।

बरालले अध्यक्ष ओली अहिले समानुपातिकमा बस्ने वा चुनाव नलड्ने कुनै योजना नभएको र झापा ५ बाटै उठ्ने र जित्ने दावी गरिन् । 

अध्यक्ष ओलीकै क्षेत्रको ख बाट प्रदेश सभामा उठ्ने बरालको संभावना रहेको बताईएको छ । 

एमाले अध्यक्ष ओलीका विरुद्ध माओवादी केन्द्रले भने रञ्जित तामाङ उठाउने तयारी गरिरहेको छ । तामाङ र बराल विद्यार्थी राजनीतिका समकक्षी हुन् । कुनै बेला अध्यक्ष ओलीले झापा ५ बाट चुनाव लड्ने छोडेको खण्डमा समकक्षी रञ्जित भर्सेस सुनिता हुन सक्ने संभावना समेत देखिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर