बञ्चरेडाँडामा प्रहरीमाथी ढुंगामुढा गरेपछि हवाई फायर

काठमाडौ‌ं । काठमाडौ‌ंको फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ।  मंगलबार दिउँसो काठमाडौंबाट लगिएको फोहोरका गाडीलाई स्थानीयले रोके पछी प्रहरीले हवाइ फायर गरेकेा हाे ।

नीयलाई सम्झाउँदा पनि नमानेपछि र प्रहरीमाथि ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।   प्रहरीले माइकिङ गरेर स्थानीयलाई सम्झाउन खोज्दा पनि नमाने पछि  र प्रहरीमाथि अत्याधिक ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरिएको उनकाे भनाइ छ ।

फोहोरका गाडीलाई अवरोध पुर्‍याएपछि प्रहरीको सुरक्षा घेराबीच बञ्चरेडाँडामा फोहोर फाल्ने गरिएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर