२४ अंकले घट्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज २४.८३ अंकले बजार घटेको छ । १.२० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४१.०६ अंकमा आएको छ । आज २२१ कम्पनीका ६४ लाख ६ हजार ७ सय ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपियाँ बराबरको कारोबार भएको छ ।

आज रिडी पावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४० करोड ८२ लाख ४७ हजार ८ सय ८८ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर