• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

दाेरम्बा हत्या काण्डकाे १९ वर्ष, श्रद्वान्जली महान शहिदहरुलाई

महान जनयुद्धको भीषण चापको समय थियो । पार्टीका नेता कार्याकताहरु पार्टीको चार नीति अनुसार अगाडि बढेका थिए । २०६० सालमा दोस्रो युद्धविराम समय थियो । सरकार माओवादीबचि दुवै सेना ब्यारेक भन्दा पाँच किलोमिटर बाहिर जान नपाउने सहमति भएको थियो  ।

जनयुद्धका तुफनी आठ बर्ष गुज्रिसकेको समायमा  रामेछापमा त्यति धेरै परिणामको रगत बगेको थिएन । जनयुद्धको सुरुको फौजी कार्य बेथान चौथी कब्जा थियो । जहाँ तीन सहिद तीर्थ गौतम, फत्तबहादुर स्लामी मगर र दिलमाया योञ्जनले वीरताको गाथा कोरिसकका थिए  । रामेछापले ठूलठूला अप्रेसनका अपठ्याराहरु पार गर्दै आएको थियो । जनयुद्धका ती आँधीमय दिनहरुमा वर्ग संघर्षबाट माओवादी पार्टी विचलित भएको थिएन ।

२०६० साल श्रावण ३२ गते पार्टी योजना निर्माण गर्ने सिललिसामा रामेछापको दोरम्बा पुगेको पार्टीको टोली ३ नम्बर ईलाको बैठक बसी रहेको थियो  । माओवादीले बैठक गर्दैछ भन्ने सूचना तत्कालिन शाही नेपाली सेना समक्ष सुराकीले पु¥याएछन । दोरम्बा सैलुङ्ग रेन्चमा पर्छ । जुनबेला भीषण बर्षादको समय थियो । कुहिरोले गर्दा एक किलोमिटर वरपर पनि केही नदिने अवस्था थियो । तत्कालिन समय युद्ध रणनीतिक हिसाबले सेना नयाँ रणनीत निर्माण गदै थियो ।

शाही सेनाको योजना युद्धविराम रामेछापबाट भंग गर्ने र नयाँ फौजी रणनीति प्रयोग गर्ने रहेछ । माओवादीपनि  नयाँ योजना लागू गर्ने र प्रयोग गर्ने क्रममा थियो । नेपाली जनयुद्धले देशीविदेशी प्रतिक्रियावादीहरु पुरै थर्कमान अवस्थामा थिए । भनिदै थियो– सगरमाथाको देशबाट नयाँ विश्व जन्मदै छ ।’ त्यहीं समयमा रामेछाको दोरम्बामा होनाहार नेपाली आमको छोराछोरी श्रावण ३२ गते दिउसो १२ बजे शाही नेपाली सेनाको कब्जामा परे ।

बैठक बसेको घरलाई घेरा हालियो र चारैतिरबाट गोली बर्साइयो ।  होनाहार याद्धाहरुको जीवन समाप्त भयो । कतिपय योद्धाहरु भित्र मर्नु भन्दा पनि भाग्नु नै राम्रो भन्ने निष्कर्ष निकालेर भागेर ज्यान बँचाएका थिए ।  शाही सेनाहरुले घरभित्र भएको १९ जनालाई पक्राउ गरे र  दुई जनालाई त्यही घर छेउमै गोली दाबेर हत्या गरेको पञ्तयक्षदर्शी पञ्र्व जनमुक्ती सेनाहरु बताउँछन३ । शाही सेनाले जनसरकार प्रमुख बाबुराम लामा पुष्प, अम्बिका दाहाल ललिका, टेकबहादुर मगर विवेक, रक्तिम लगायतलाई यातना सहित कुटदै बैठक बसीरहेको घरबाट मानेडाँडातर्फ लगेको थियो ।

त्यसपछि एक घण्टा टाढा डडुवा र दोरम्बा गाविसको सीमानमा रहेको डाँडाकटेरीमा र्पुयाइ सामुहीक हत्या गरेको थियो । हो यो सामुहीक हत्या भएको आज १९ वर्ष पुगेको छ ।  दोरम्बा हत्या काण्डका १९ औं स्मृती दिवसकाका अवसरमा आज नेकपा माओवादी केन्दञ् रामेछापले दोरम्बामा एक कार्यक्रमको आयोजना गरी ती महान योद्धाहरुको संझना गरेको छ ।

 तत्कालीन शाही सरकारले  युद्ध विरामको सम्झौतामा पाँच किलोमिटर बाहिर सेना नजाने भन्ने थियाे , किन सम्झौता उल्घंन गरेर होनाहार याेद्धाहरुको हत्या गरी युद्ध विरामको खिल्ली उँडाएको आज १९ वर्बष पुगेकाे छ  । दोरम्बा र देशभरी सहिदले बगाएको रगतबाट सामन्तवादको मुख्य नाइके राजतन्त्र अन्त्य भएर देशमा गणतन्त्रको स्थापना भएको छ ।

दोरम्बा हत्याकाण्ड नेपाली जनयुद्धको जटिल र संवेदनशील मोडमा भएको घटना हो । यसलाई न्युनिकरण गरेर हेर्न मिल्दैन । यस हत्याकाण्डसँग केही प्रश्न पनि उब्जिको थियो । पहिलो सुराकी गरेको हो कि होइन रु दोस्रो आफ्नै कमजोरीका कारण तेस्रो दुस्मन आएको थाहा पाएर पनि आफनै कमरेडहरुले खबर गरेनन । चौथो सञ्चारलाई चुस्त पार्न सकिएन । पाँचौ रामकुमारको विवाह हुदैछ भन्ने गाउँमा गरेको प्रचार थियो । यी सबै प्रश्नको उत्तर भनेको युद्धविरामको मानसिकता, दुस्मनलाई कम आँक्ने सोच, हत्याकाण्ड मूलत सुराकीकै कारणले गर्दा भएको हो । यसमा कुनै शंका राख्नु हुँदैन र राखिएको पनि छैन ।

क्रान्ति महासग्रामको खेले हो । यसमा ठूलो बलिदानीको माग हुन्थ्यो, । त्यो साहसका साथ साथीहरुले कोटा चुक्ता गर्नुभयो । हत्याकाण्डले नेपाल स्तब्ध भयो । जिल्ला नेता कार्यकर्ता जनता, समर्थन, शुभचिन्तसम्मलाई यो कहाली लाग्दो पीडाले ठूलो छटपटिमा पार्‍यो एकातिर भने अकोतिर आक्रोश बदलाभावका साथ क्रान्ति पार्टीको नीति योजनालाई धैर्यतापूर्वक अगाडि लाने आँट र साहस पैदा गरायो । नेपाली क्रान्तिलाई वार्ताको माध्यबाट घेराबन्दी गरेको समय थियो । दोरम्बाको रगतले त्यो घेरा तोडदै सफलताको इतिहासको ठूलो मुल्य चुक्ता गरेको छ ।

मुख्य गरी नेपाली जनयुद्ध पुरानो सामान्तवादी राज्यको अन्त्य गदै जनवादी राज्य स्थापनाका लागि गरिएको हो । सहिदहरुले देखाएको सपना साकार भएको छैन । यो सामान्तवाद र विस्तावादको हस्तक्षेप विरुद्ध बगेको रगत हो । सहितले देखाएको सपना पूरा गर्नु नै उनीहरुप्रति सच्चा सम्मान हुन्छ । पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्ध र पार्टीलाई दक्षिणपन्थी संशोधनबाट बचाएर सही सच्च क्रान्तिकारी निर्माण गर्नु अहिलेको ठूलो चुनौती हो ।

महान् अभियानमा बगेको त्यो रगत अहिले आएर पार्टी नेता कार्यकर्ताहरुको कतिपय कार्यशैली, आर्थिक कारोबार सोचाई र आत्मकेन्द्रीत बन्दै गएको छ । सर्वहाराशैली असाधारण फुट, ढाट, छल कपट, अपारदर्शी बन्दै व्यक्तिगत निजी स्वार्थतिर गएको छ । यसले पूरै सहिदको सपनाको अपमान गदैछ भन्ने देखिएको छ । अर्कोतिर नेपाली सर्वहारा वर्गलाई निषेध गर्न खोजिदै छ । सर्वहारा वर्गको नेता कार्यकर्ताको विरुद्ध वैरीहरु पूरै आक्रमण गर्ने ढंगले आएका छन् ।

माओवादीको धेरै ठूलो वलिदान, त्याग र तपस्या लगायत सबै चुनौतीसँग मुकाबिला गदै अगाडि बढ्दै आएको पार्टी हो । दोरम्बामा बगेको रगत नयाँ राजनीतिक व्यवस्था निर्माण गर्न समाज निर्माणको लागि नयाँ आर्थिक व्यवस्थाका लागि थियो । दोरम्बाको डाँडाकटेरीबाट सहिदहरुले देखाएको सपना र उनीहरुले देखाएको क्रान्तिकारी बाटो नछोडौ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर