• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

हर्क साम्पाङलाई प्रचण्डले भने- `युवाहरु राम्रो काम गर्नुस्, माओवादीकाे साथ छ´

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ पनि प्रचण्ड निवास खुमलटार पुगेर भेट गरेका  हुन्  ।

भेटमा अध्यक्ष प्रचण्डले मेयर साम्पाङलाई बधाई दिदै धरानमा राम्रो काम गरेर देखाउन शुभकामना दिएकाे उनकाे सचिवालयले जनाएकाे छ।  बेघा नेकपा माओवादीबाट उपमेयरमा निर्वाचित भएका हुन् । मेयर साङपाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन निमन्त्रणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर