मुल्य वृद्धि ८ प्रतिशत, व्यापार घाटा सवा १९ खर्ब

काठमाडौं । नेपालको व्यापार घाटा निरन्तर वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा २४।७ प्रतिशतले आयात वृद्धि भई १९२० अर्ब ४५ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आयात २८।७ प्रतिशतले बढेको थियो । नेपालले धेरै वस्तुमा आयात प्रतिबन्ध लगाउँदा पनि नेपालको व्यापार घाटा वृद्धि भएको हो । नेपालले केही बस्तु आयात प्रतिबन्ध समेत लगाएको छ । नेपालमा अहिले गाडी, मोबाइल फोनलगायत र विलासीताका वस्तु नेपालमा आयात प्रतिबन्ध रहेको छ ।

विदेशबाट नेपालमा पेट्रोलियम पदार्थ, औषधि, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ ।  नेपालको वस्तु निर्यात पनि वृद्धि भएको छ । बस्तु निर्यात ४१।७ प्रतिशतले वृद्धि भई २ खर्ब ३ करोड पुगेको छ ।  नेपालबाट पाम तेल, धागो लगायतका वस्तु निर्यात हुने गरको छ ।

त्यस्तै, मूल्यवृद्धि असारमा ८।०८ प्रतिशत पुगेको छ । मंगलबार राष्ट्र बैंकले गत आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै मूल्यवृद्धि असारमा ८।०८ प्रतिशत पुगेको जनाएको छ । सरकारले सात प्रतिशतमा मूल्यवृद्धि कायम गर्ने लक्ष्य लिएको थियो।भारतको तुलनामा पनि नेपालको मूल्यवृद्धि उच्च छ । ठिक एक वर्षअघि मूल्यवृद्धि ४।१९ प्रतिशत मात्र थियो ।

वित्तीय स्थितिस्

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर