• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताएका छन् ।

देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब भत्ता पारिश्रमिक एवम् सुविधा पुनरवलोकन गरि सरकारलाई सिफारिस गर्न आयोग गठन गरिएको उनले बताए ।

बैठकले बिमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेश्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने यस अघिको निर्णय खोरज गर्ने निर्णय गरेको छ भने बालाजु त्रिशुली सडक खण्डको मुड्खु तीनपिप्ले ५ दशमलव ५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडी बढाउन बिशेष परिस्थीतिमा बोलपत्र आह्वान गरि खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले फौजदारी कसुर दोश्रो शंसोधन नियमावली स्वीकृत गर्ने, बिधुतीय सुशासन आयोग आदेश स्वीकृति गर्ने र विदेशस्थीत नेपाली नियोगको आर्थिक कार्यबिधि स्वीकृत गर्ने निर्णय भएको उनले बताए । 

त्यस्तै बैठकले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको छ ।  

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर