सी.जी.साना घरायसी सामाग्रीहरुको दशैं–तिहार उपहार योजना बजारमा 

काठमाडौं । सी.जी. स्मार्ट डोमेस्टिक एप्लाएन्सेस्ले यसपालीको दशैं, तिहार तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ ।  सी.जी. सँग यो पर्व, ‘गरौं गर्व’ नामक यस योजना अन्तर्गत कम्पनीले विभिन्न बम्पर तथा साप्ताहिक उपहारहरु लिएर आएको छ ।  

यस योजना अन्तर्गत ग्राहकहरुका लागि सी.जी. का साना घरायसी सामाग्रीहरुको खरिदमा बम्परमा 55" OLED TV १ जनालाई, दुबई भ्रमण १ जनालाई, मेगौली सेराइको बसाई २ जनालाई तथा हरेक हप्ता Car Vacuum ४ जनालाई जित्ने मौका रहेको कम्पनीले जनाएकाे छ । 

कम्पनीका अनुसार ग्राहकवर्गहरुले यस योजनासँगै सी.जी. का स्मार्ट उत्पादनहरु घर ल्याई गर्वका साथ नेपालको आफ्नै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्नेछन् भने, आकर्षक उपहारहरुको आनन्द लिई आफ्नो पर्वलाई महापर्व बनाउन सक्नेछन् । यो योजना भाद्र ११/२०७९ देखि देशभरमा सिमित अवधिका लागि लागु गरेको  कम्पनीले जनाएकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर