चुनावी अभियान चलाउने माओवादी बागमती प्रदेश सचिवालयको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशले असोज १० पछि चुनाव लक्षित अभियान संचालन गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सचिवालयको आज बसेका भर्चुअल बैठकले चुनावलार्य लक्षित गरेर १० असोज पछि चियापान तथा अभियानात्मक कार्यक्रम गर्ने निर्ण गरेको हो । 

बैठकले विभिन्न जिल्लाबाट संघ तथा प्रदेशका लागि सिफारिस भएर आएका उम्मेदवारहरुलाई स्वीकार गर्ने निर्णय पनि गरेको छ । 

स्वीकृत भएका उम्मेदवारहरुलाई प्रदेश समितिले केन्द्रीय कार्यालयमा पठाउने छ । 

सचिवालय बैठकले बागमती प्रदेशको आवश्यकता र संवेदनशिलतालाई मध्यनजर गर्दै प्रतिवद्धता पत्र तयार पार्ने निर्णय पनि गरेको छ ।

प्रतिवद्धता पत्र तयार गर्न नारायण दाहाल, शालिकराम जम्मरकट्टेल, युवराज दुलाल, रुपा महर्जन, शंकर दुलाल लगायत ९ सदस्यीय कार्यदल गठन गर्ने प्रस्ताव गरिएको छ ।

प्रदेश समितिको भोली बस्ने पूर्ण बैठकले आज प्रस्तावमा छलफल गर्ने र निर्णयलाई अनुमोदन गर्ने एक सचिवालय सदस्यले समाचार दैनिकलाई बताए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर