बाँके १ बाट खेलकुद मन्त्री अथक सिफारिस, प्रतिनिधिसभामा दोहोरिने पक्का 

काठमाडौं । आसन्न संघीय निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ बाँकेबाट उम्मेदवार सिफारीस भएका छन् ।

नेकपा माओवादी केन्द्रले मन्त्री अथकलाई बाँके १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारीस गरेको हो । मन्त्री अथक ०७४ सालको निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

माओवादी स्थायी समिति सदस्यसमेत रहेका हाल युवा तथा खेलकुद मन्त्री अथक पश्चिम नेपालकै बिकासप्रेमी सादगी नेताका रुपमा स्थापित छन् । 

आफ्नो क्षेत्रको विकासमा अहोरात्र खटिने नेता अथकले ऊर्जा, सिंचाई, सडक विस्तार तथा स्तरोन्नती, स्कुल भवन पक्की बनाउने अभियान लगायका काममा प्रभावकारी काम गरेका छन् । 
उनले आफ्नो निर्वाचन क्षेत्रमा भित्र पर्ने कोहलपुर नगरपालिका राप्ती सोनारी र नरैनापुर गाउँपालिका भित्रका सबै वडाहरुमा बिधुतिकरण सुरु गरेका छन् ।  

उनले आफूले सम्हालेको युवा तथा खेलकुदम मन्त्रालयमा पनि माओवादी केन्द्रको नीति र सिद्धान्त कार्यान्वयन गराउँदै विकास गर्न आक्रामक भूमिका खेलेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर