अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिवसहित नेता कार्यकर्ता पक्राउ

गुल्मी । धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन्। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट केन्द्रीय महासचिव रुपा बुढामगरसहित झण्डै दुई दर्जन विद्यार्थी नेताहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पक्राउ गरेको हो ।

जिल्लाको सम्मेलनका लागि भेला भएका उनीहरुलाई क्याम्पसबाट प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले कम उमेरका विद्यार्थीहरु सहभागी भएकाले सोधपुछका लागि ल्याइएको बताए । कम उमेरका विद्याथीहरुलाई भेला तथा सभा समारोहमा सहभागी गराउन नपाइने भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको  उनकाे दावी छ । केन्द्रीय महासचिव रुपा बुढा मगर पनि कम उमेरको  भए पनि उनलाई पनि सोधपुछका लागि बोलाइएको  प्रहरीले जनाएकाे ।

पक्राउ परेका बिद्यार्थीहरकाे विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर