• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ओलीको पदयात्रामा कलाकारदेखि सर्वसाधरणको बाक्लो उपस्थिति (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीआज काठमाडौंको वसन्तपुरमा संविधान दिवसको अवसरमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रममा निस्कएका  थिए । 

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा बृहत् वाकथन (पदयात्रा) सुरु गरेको हो । पदयात्रा बिहान ७ बजेदेखि बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो ।

पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, अभिनेत्री करिश्मा मानन्धर लगायतको उपस्थिति रहेको थियो । साथै बाक्लो सर्वसाधरणको उपस्थिति थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर