• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

दुई वर्षअघि विद्यासुन्दरले नै गर्न खोजेका थिए टुकुचा उत्खनन् ! (रिपोर्टसहित)

काठमाडौ । यतीबेला काठमाडौंमा टुकुचा उत्खननकाे कार्य निके चर्चामा रहेकाे छ । वर्षाैदेखी गायब रहेकाे टुकुचालाई महानगर प्रमुख बालेन्द्र साहले उत्खनन् गर्न थाले संगै याे विषयले निकै चर्चा पाएकाे हाे ।

यतिबेला पूर्वनगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा तयार भएको प्रतिवेदनको आधारमा काम अघि बढाइ रहेका वर्तमान नगर प्रमुखले जस लिने काम भएकाे छ । टुकुचा खोज्न डोजर चलाइरहेका नगर प्रमुख बालेन्द्र शाहले पूर्वनगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा तयार भएको प्रतिवेदनको आधारमा काम अघि बढाइ रहेका छन् ।

सहरी विकास मन्त्रालयले दुई वर्षअघि तयार पारेको प्रतिवेदन एमाले नेतृत्वको काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा नल्याएपछि अहिले यसको जस बालेन्द्र शाहले लिएका हुन् ।  नेपाल सरकार, सहरी विकास मन्त्रालय तथा बागमती सभ्यता विकास समितिले आजभन्दा दुई वर्ष अगाडि नै टुकुचा खोलाको अध्ययन गरी विस्तृत प्रतिवेदन तयार गरेको थियो ।

सन् २०२० सेप्टेम्बर १५ मा सरकारले ‘बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सि’मार्फत अध्ययन सम्पन्न गरी ८० पृष्ठको प्रतिवेदन तयार पारेको थियो । तर, टुकुचासम्बन्धी यो प्रतिवेदन तत्कालीन मेयर शाक्यले कार्यान्वयनमा नल्याई दुई वर्षसम्म यत्तिकै थन्किएको थियो । 

 

अहिले काठमाडौंको मेयरमा बालेन्द्र शाह निर्वाचित भएसँगै उनले डोजर लगाउन सुरु गरेका छन् । प्रतिवेदनमा टुकुचा खोला करिडोर ब्यवस्थापन आयोजनाको पूर्वसंभाव्यता अध्ययन प्रारम्भिक डिजाइन, स्टिमेट, बिजुलीको ब्यवस्था एवं पार्किङ क्षेत्रसम्बन्धी अध्ययन गरिएको थियो ।

प्रतिवेदनमा महानगरपालिकाको चण्डोलदेखि बागमती संगमस्थल थापाथलीसम्म टुकुचा नदीको दुवै किनारलाई ब्यवस्थित गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर