• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

झापा निर्वाचन क्षेत्र २ ‘ख’मा हरिकुमार रानामगर नै किन?

झापा  । नेपाली कम्युनिष्ट आन्दोलनले सिंचित भुमीका रुपमा रहेको झपामा यतिबेला चुनावी माहोल तातेको छ । त्यसमा पनि निर्वाचन क्षेत्र नं. २ अन्तरगत पर्ने प्रदेशसभा ख क्षेत्रमा अर्जुनधारा नगरपालिकाका पूर्व नगरप्रमुख हरिकुमार रानामगरको नाम चर्चामा आए सँगै चुनावी माहोल तातेको हो । 

निर्वाचन क्षेत्र २ अन्तरगत प्रदेश ख मा उनको नाम चर्चामा आउनुको मूख्य कारण भनेको उनले निरन्तर २०४९ देखी त्यस क्षेत्रमा जनप्रतिनिधिका रुपमा जनता सँग गरेको सहकार्य नै  रहेको छ । ३० वर्ष देखी जनताको सेवामा तल्लीन राना यो पटक पनि प्रदेश सभा अन्तरगत प्रदेश ख को जनप्रतिनिधि हुने पक्का रहेको स्थानीय सर्वसाधरण बताउँछन् ।

को हुन हरीकुमार राना मगर ?

२०३९ सालमा मेची क्याम्पसमा अध्ययन गर्दै गर्दा अनेरास्ववीयुबाट राजनीति सुरु गरेका  राना २०४० मा भएको स्वतन्त्र विद्यार्थी युनीयनको सदस्यको उमेदवार भएका थिए  । तर, तत्कालीन राज्यसत्ताले स्ववीयुको निर्वाचन हुन नदिँदा यो निर्वाचनमा उनी निर्वाचित हुन पाएनन् । 

तत्कालीन नेकपा मालेको तत्कालीन कमीटीहरु एजी सदस्य, पिएजी सचिव, एजीपिएजी सचिव तथा तत्कालिन गाउँकमिटीको सचिव हुँदै २०४८ समलमा तत्कालीन मालेको जिल्ला कमीटी सदस्य भएका थिए । २०४० देखीको राजनीतिक यात्राले रानालाई तत्कालीन नेकपा माले हुँदै एमालेमा आई पुग्दा  अञ्चल कमीटी सदस्य  हुँदै नेकपा एमालेको पूर्वाञ्चल कमीटीको सदस्यको समेत जिम्वेवारी वहन गरेका उनी हाल पनि नेकपा एमाले प्रदेश १ कमिटीका सदस्य रहका छन् ।

२०४८ सालमा भएको आम निर्वाचनमा पार्टीलाई एउटा उत्सर्गमा पुराउन सफल भुमीका खेलेका राना २०४९ सालमा भएको स्थानीय निर्वाचनमा शनिश्चरे गाविसको गाविस अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसको गढको रुपमा रहेको तत्कालिन शनिश्चरे गाविसमा उनले जम्मा ४९ मतले नेतृत्व गर्दै गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

०४९ को स्थानीय निर्वाचनमा निर्वाचित भए पस्चात सरल स्वभावका राना जनतासँग सजिलै घुलमील भए । उनले ०४९ देखीको ०५४ सम्म समय अवधिमा जनताको मनमष्तिस्कमा बन सफल भए पस्चात २०५४ मा पनि जनताको मन जित्न सफल भए यो पटक भने उनले १८१८मतले नेतृत्व गर्दै गाविस अध्यक्षमा निर्वाचित भए ।

०५४ पछि पनि रानाको नेतृत्वमा  शनिश्चरेमा थुपै विकासका कामहरु भएका देख्न सकिन्छ । यो समयमा उनले जनताले प्रयोग गर्ने सडक देखी खानेपानी पइनीको निर्माण देखी मर्मत गरेर  जनताको मनमनमा बस्न सफल भए । यो कार्यकालमा  हरेक जनतालाई विकासका लागि घरघरबाट निकालेर जनश्रमदानबाटै गाविसको बाटो निर्माण गरेको उनि स्मरण गर्दछन् ।

जनताको मन जितेकै कारण राज्य पुनःसंरचनापछिको पहिलो  निर्वाचन २०७४ मा पनि उनी नेकपा एमालेको तर्फबाट नगर प्रमुखको उमेदवार भए । यो पटक पनि रानाले १३ हजार ८७९ मत ल्याएर विजी भएका थिए ।  उनलाई नेपाली कांग्रेसका हेम प्रसाद  खरेलले ९ हजार ६४१ मतका साथ पछ्याउँदै दोस्रो स्थान हासील गरेका थिए ।

उनले यो कार्यकालमा पनि जनताको हरेक दुखसुखको सारथी बन्न सफल भए ।  विशेष गरेर नगरपालिकामा आर्थिक सर्मद्धीका लागी सहकारी मार्फत जनताको आर्थिक अवस्था बलीयो बनाउन सकिनछ भन्ने उद्देश्यका साथ लागी परेका मगरलाई आफ्नौ पार्टी भित्रको किचलो र अन्तरद्धन्द्धका कारण  कतिपय अवस्थामा असफल बनाउन खोजीयो तर उनी जनताको मनमुटुमा बस्न सफल भए  रै छाडे । 

उनको यो कार्यकालमा अर्जुनधारामा बिभिन्न स्थानमा कल्भर्ट, सडक कालोपत्रे, नयाँ सडकको ट्रयाक ओपन, सिंचाइका लागि कुलो तथा पईनी निर्माण, सुकुम्वासी समास्या समाभानका काम, विपन्न आवास देखीका  दर्जनौ सफल कार्यहरु भएका छन् । यसका कारण पनि यो निर्वाचन क्षेत्रमा रानाको  चर्चा हुनु स्वाभविक रहेको छ । 

याे निर्वाचन क्षेत्रमा रानालाई नै किन  ? 

प्रदेशसभा निर्वाचनका लागि निार्वाचन क्षेत्र २ ‘ख’ बाट नेकपा एमालले ४ जनाको नाम सिफारिस गरेको छ  । पार्टीले हरीकुमार रानामगर, चिन्तन पाठक,  राेहीतमान ढकाल र देवीमाया भट्टराई सिफारसि गरको हो ।

झापा क्षेत्र नम्बर २ ‘ख’ मा बुद्धशान्ति गाउँपालिकाको १, २ र ३ वडा तथा तत्कालीन बुधबारे गाविस र अर्जुनधारा नगरपालिकाको भुगोल पर्छ । यसरी एउटै नगरपालिका र अर्को स्थानीय तहको तीनवटा वडा मात्रै यो निर्वाचन क्षेत्रमा पर्दछन् । ०४९ साल देखी जनतामा नजिक भएर काम गरी रहेका  राना जनमत आफ्नो पक्षमा राख्न सक्ने नेताका रुपमा परिचित छन् । 

राना अन्य पार्टीसँग समेत सन्तुलित सम्बन्ध कायम गर्न सक्ने नेताका रुपमा चिनिन्छन् । गाविस अध्यक्ष तथा नगरप्रमुख हुँदा बिवाद बिनै कार्यकाल अन्त्य गरेका हुनाले बिपक्षी गठबन्धनका लागि समेत उनी लोकप्रिय नेताका रुपमा रहेका छन् ।

जनजाती समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा हरेक निर्वाचनमा समेत जनजाति उम्मेद्वारहरु ने बिजयी बन्ने गरेको इतिहास रहेको छ ।  यस क्षेत्रमा रानामगर बाहेकका अन्य नेताहरुले  प्रदेशसभामा टिकट पाए संघीय संसदको उम्मेद्वारलाई नै चुनौती हुने स्थानीय तथा एमाले अर्जुनधाराका एक नेताले बताए ।

रानाले जजत्ने आधार के  ?

लामो समय देखी जनप्रतिनिधिका रुपमा रहेका रानामगरलाई यस विषयमा तपाईकै उमेदवारी किन भन्दा सुगम जिल्लाको दुर्गम स्थान समेत रहेको यो निर्वाचन क्षेत्रमा जनताले चाहेको विकासका कामहरु अझै अधुरै रहेका कारण पनि यो पटक आफ्नो उमेमेदपारी रहने र यो कार्य आगामी पाँच वर्षमा आफुले सफल पार्न कै लागि भए पनि यो पटक  आफ्नो उमेदवारी रहने बताउँछन् । 

अरुले टिकट पाउँदा केहो केहो तर तपाईले टिकट पाउँदा विजय निश्चित भन्ने कुराको आधार के छ त भन्दा  आफु जनजातीको छोरा र यो निर्वाचन क्षेत्रमा जनजाती कै बाहुल्यता रहेका कारणले पनि आफ्नो जीत सुनिश्चित रहेको उनी बताउँछन् ।  ०४९ मा एउटा  गाविसबाट सुरु भएको राजनीतीक यात्रामा यो क्षेत्रकै विकासका लागि आफुले योगदान गरेको र जनताको मनमा बस्न सफल भएकै कारणले पनि आफुलाई पार्टीले टिकट दिएको खण्डमा जित सुनिश्चित रहेको रानाको भनाइ छ ।

बिकासप्रेमी नेताको छवि बनाएका रानाले अर्जुनधारा नगरपालिकाको मेयर भएको समयमा गरेका बिकासका काम उनको लागि निर्वाचन जित्ने आधार बन्न सक्छ । उनीपछि २०७९ सालको निर्वाचनबाट मेयर निर्वाचित एमालेका बलदेब गोम्देनले पाएको मतलाई हेर्दा रानाको कार्यशैलीका कारण पार्टीको छवि उच्च बनेको अनुमान गर्न सकिन्छ ।

एमालेकाे बि रासत भत्काउने दाउमा गठबन्धन

यो निर्वाचन क्षेत्रमा पार्टीले अन्य नेताहरुलाई टिकट दिएको खण्डमा गठबन्धनले आफ्नो पक्षमा समेत लिन सक्ने संभावना बन्दै गएको छ । गठबन्धनमा पनि नेपाली कांग्रेसको तर्फबाट मदन बुढाथोकी, खगेन्द्र मैनाली, हेमराज खरेलको चर्चा चली रहेको छ भने नेकपा एकीकृत समाजवादीमा हरीकुमार रानाकै छोरा प्रसुत अजाद राना, दुर्गा आचार्य र होम दुलालको चर्चा चलेको छ ।

गठबन्धनमा  समाजवादीले टिकट पाएको खण्डमा रानाकै छोरा  अजादले टिकट लिएर एमालेको बिरासत भत्काउने दाउमा गठबन्धन लागी रहेकोले पनि यो निर्वाचन क्षेत्रमा रानाई टिकट दिन पर्ने एमाले नेता तथा  कार्यकर्ता बताउँछन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर