माओवादी बागमती प्रदेशको प्रतिवद्धता लेखन सकियाे

काठमाडौं ।  नेकपा माओवादी केन्द्र बागमती प्रदेशले गठन गरेको कार्यदलले मंसिर ४ गते हुने चुनावी प्रतिवद्धता पत्र तयार पारेको छ । 

प्रदेश चुनावलाई मध्यनजर गर्दै बागमती प्रदेशको विशिष्ठतामा आधारित भएर प्रतिवद्धता पत्रको मस्यौदा तयार पारेको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिए ।

कार्यदलले तयार गरेको ३५ पृष्ठ लामो प्रतिवद्धता पत्र संयोजक नारायण दाहालले बागमती प्रदेश इन्चार्ज हितमान शाक्यलाई हस्तान्तरण गरेका छन् । 

प्रतिवद्धता पत्रमा प्रदेशमा तिब्र औद्योगिकिकरण, कृषि क्षेत्रमा आधुनिकिकरण र यान्त्रिकिकरण, पर्यटन प्रवर्दन र विकास, काठमाडौंको ट्राफिक, फोहोर र ढल व्यवस्थापन, संस्कृतिको संरक्षण तथा वार्षिक एक लाखलाई रोजगार बनाउने खाका तयार पारेको हो । 

कार्यदलले बागमती प्रदेशका जनताको आर्थिक अवस्था अहिले भएकोबाट ५ वर्षमा दोब्बर बनाउने प्रतिवद्धता पनि गरेको छ । ३५ बुंदे प्रतिवद्धतामा गरिवि निवारण, भौतिक पूर्वाधारको विकास लगायतका कार्यक्रम समेटिएको नेता ढकालले बताए । 

दाहालकाे संयाेजकत्वमा बनेकाे कार्यदलमा बागमती प्रदेशका आर्थिक मामिला मन्त्री शालिकराम जमरकट्टेल, युवराज दुलाल, डीपी ढकाल, शंकर दुलाल, रूपा महर्जन लगायत रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर