• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

माओवादी समानुपातिक सूचीमा महरा १ नम्बरमा, यी हुन् 'युवा, योग्य, विज्ञ, दक्ष'

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचनका लागि आफ्नो पार्टीबाट सिफारिस हुनेहरुको बन्द सूची निर्वाचन आयोगमा बुझायो ।

आयोगले दिएको समयसीमाको अन्तिम क्षणमा बुझाईएको सूचीमा सवैभन्दा पहिलो नम्बरमा पूर्व सभामुख, पूर्व मन्त्री कृष्णबहादुर महराको नाम राखिएको छ । महरा यसअघि दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित महरा आफूभन्दा तलकालाई अवसर दिनका लागि समानुपातिका बसेको भन्दै प्रत्येक्ष नउठ्नेमा पुगेका हुन् । 

संसदीय राजनीतिमा महरा माओवादीका सवैभन्दा पुराना सांसद हुन् । उनी २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर प्रतिनिधिसभा सदस्य भएका थिए । त्यसपछि २०६४, २०७० र २०७४ को चुनावमा उनी लगातार निर्वाचित भए ।

महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट उनी निर्वाचित भएका थिए । यसपटक भने उनी माओवादी केन्द्रको समानुपातिक पद्धतितर्फको उम्मेदवारको सूचीको पनि पहिलो नम्बरमा पर्न सफल भएका छन् ।

उनले भने–सबैको नेता हुनका निम्ति समानुपातिकमा बसेँ,’ उनलाई यसअघि तीन क्षेत्रबाट निर्वाचनका लागि सिफारिस गरिएको थियो। रोल्पा र दाङका दुई वटा क्षेत्रबाट निर्वाचन लड्नका लागि सिफारिस भएका थिए।

नेकपा एमालेका महासचिव शंकर पोखरेल र महराको एउटै निर्वाचन क्षेत्र हो । पोखरेल यसअघि प्रदेशमा उठेकाले महरासँग उनको प्रतिस्पर्धा भएन । अघिल्लो चुनावमा एमाले र माओवादीले तालमेल गरेका थिए । तर यसपाली दाङ ३ को चुनाव रोचक हुने आँकलन भइरहेका बेला महराले मैदान छोडेका हुन् । 

माओवादीले तयार पारेको समानुपातिकको बन्द सूचीमा महिला नेतृ रेणु चन्द पनि छन् । उनी यसअघि संविधानसभामा निर्वाचित भएकी थिईन् । अन्तरिम विधायीकामा रहेका बाहेक त्यसपछिका समानुपातिक सांसदलाई नदोहोर्याउने पार्टीले निर्णय गरेपछि माओवादीमा समानुपातिक सूचीमा नयाँ र युवाहरुले अवसर पाएका छन् ।  

समावेशी र समानुपातिकलाई उत्तिकै जोड दिएको माओवादीले दलित तर्फबाट रणेन्द्र बराइलीलाई पनि समानुपातिकको सूचीमा राखेको छ । मुस्लीम समूदायका हकिकुल्ला खाँ, जनजाती समुदायबाट सुनिल मानन्धनर, पर्शुराम तामाङ समानुपातिक सूचीमा परेका छन् । 

उत्पिडित जाती क्षेत्र तथा समुदायको सन्तुलन मिलाएर सूची तयार पारेको बताएको माओवादीले विभिन्न क्षेत्रका विज्ञ, योग्य र युवाहरुलाई प्राथामिकता दिएको सूची तयार पार्न खटिएका एक पदाधिकारीले समाचार दैनिकलाई जानकारी दिए । 

सूचीमा योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीन बहादु श्रेष्ठ, साहित्यकार तथा प्राध्यापक इश्वरचन्द्र ज्ञवाली, वाईसिएल अध्यक्ष सुवोध श्रीपाइली तथा अखिल क्रान्तिकारीका वहालवाला नेताहरुसमेत परेको ती सदस्यले बताए । 

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरुले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् ।    दलहरुले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवार बन्दसूची बुझाइरहेका छन् । 

 नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका नेपाल समाजवादी पार्टीका पाँच जना बन्द सूचीमा समावेश भएका छन् ।  माओवादीले ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । त्यसमा बाबुरामको दलका ५ जना समावेश गरिएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर