नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्‍यो Dynamic QR Payment System

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा Dynamic QR Payment System संचालनमा ल्याएको छ । आइतबार दिउसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन् । नेसनल सेल्स हेड उमापति पोखरेलले Dynamic QR को माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरेका हुन् । यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स Dynamic QR Payment System सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट Dynamic QR को माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने बताए । Dynamic QR Payment System को माध्यमबाट रु २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा  सहजै गर्न सकिने कम्पनीले जनाएको छ । अरु छेत्रमा Dymanic QR पहिले देखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक QR बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो । 

कार्यकममा नेपाल लाइफका कर्मचारी, अभिकर्ता र ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो ।  कार्यक्रममा बोल्दै ई—सेवाका प्रबन्धक आशिष गौतमले नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर