• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

गहिरो प्रेमको निशानी हुन् यी पाँच किसिमको झगडा

काठमाडौं । सामान्यतया कुनै पनि सम्बन्धमा लडाइ–झगडालाई गलत मानिन्छ । तर सम्बन्धमा सानोतिनो वादविवाद हुनु वा कुने कुरामा दुवै जना सहमत नहुनु स्वभाविक हो । 

यस्तोमा सामान्य वादविवाद तथा नोकझोकले सम्बन्ध मजवुत बनाउने विश्वास गरिन्छ । सम्बन्ध बलियो बनाउने ५ किसिमका झगडा तल प्रस्तुत गरिएको छ :

समय दिन नसक्दा 

सामान्यतयाः सुरुवातमा आफ्नो श्रीमान÷श्रीमती वा प्रेमी÷प्रेमिकालाई बढी समय दिइन्छ र सोहिअनुसार माया र सरप्राइज पनि दिइन्छ । तर विस्तारै यीक कुरा कम हुँदै जान्छ र सम्बन्ध दिक्क लाग्दो बन्न पुग्छ । यस्तोमा ‘तिमी पहिले जस्तो छैनौं’ भन्ने कुरा सुन्न पर्छ र बारम्बार यहि कुराले वादविवाद पर्न सक्छ । 

यो वादविवाद जरुरी हुन्छ किनभने सम्बन्धमा जिम्मेवारी पूरा गर्नु अति महत्वपूर्ण हुन्छ, जसबाट तपाईं पन्छिन सक्नुहुन्न ।

घरपरिवारको विषय

कयौँ पटक तपाईको जीवनसाथी तपाईंको घरवालाको अभिनय गर्छन् । यस्तोमा रिसाउनु स्वावभाविक हो । जवाफमा तपाईं पनि उनको घरवालाको अभिनय गर्नुहुन्छ । एकआपसमा चिढ्चिढोपन देखिन्छ । यो सम्बन्धलाई मजबुत र रमाइलो बनाउने एउटा तरिका हो । तर हामीले यसको एक सीमा कायम गर्नुपर्छ जसले कसैको मनमा चोट नपरोस् । सम्बन्धमा समस्या नआओस् ।

व्यक्तिगत महत्वका विषय 

जीवनमा हरेक व्यक्तिको लागि स्पेसको जरुरत हुन्छ । कयौँ पटक मन खिन्न हुन्छ अरुसँग बोल्न कुराकानी गर्न मन लाग्दैन । चाहे ऊ जीवनसाथी नै किन नहोस् । यस्तोमा तपाईको साथीले तपाईलाई डिस्टर्व नगरोस् भन्ने तपाईलाई लाग्न सक्छ । तपाईको झगडा पर्न सक्छ यसमा कुनै गलत कुरा होइन । 

यदि तपाइको मन केहि समय एकान्तमा बस्ने मन भएको समयमा साथीले डिस्टर्व गर्छ भने यस्तोमा नोकझोक पर्न सक्छ । यस्तो नोकझोकले तपाईले आफ्नो चिन्ता, दुःख भुल्नुहुन्छ ।

यस्तोमा मुड फ्रेस नहुनुजेलका लागि जीवनसाथीलाई एक्लै छोड्नुपर्दछ । 

पैसाको विषय

पैसा अतिआवश्यक कुरा हो । यदि तपाईको साथी फजुल खर्च गर्छ भने उसलाई रोक्नु तपाईको कर्तव्य हो । तर कहिलेकाहि तपाईंलाई फजुल खर्च भन्ने लाग्छ यस्तोमा तपाईको साथीलाई जरुरी हो भन्ने लाग्छ । 

यसबेला नोकझोक चल्न सक्छ । यस्तो विवादले केहि पैसा बचत हुन्छ भने यसले भविष्यमा तपाईलाई फाइदा दिनेछ । हुनसक्छ बेमतलबको नोकझोकले तपाईको सम्बन्धमा दरार आउन सक्छ ।

सामाजिक जीवनको विषय

मेरो सम्पूर्ण जीवन तिमी नै हौँ भनेर सम्बन्धको सुरुवात गरे पनि हामी सामाजिक प्राणी हौँ । सम्बन्धमा एक अर्कोको लागि आफ्नो आफ्नो सामाजिक जीवन जिउने अधिकार हुनुपर्छ ।

साथीभाइसँग भेटघाट गर्ने, कार्यक्रमहरुमा सहभागी हुने, साथीले आयोजना गरेको पार्टीमा जाने विषयमा नोकझोक चल्नु सामान्य कुरा हो । यसले तपाईहरुको बीचमा गहिरो प्रेम भएको र त्यो प्रेम अरुसँग बाड्न नसकिने कुराको पुष्टि गर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर