ग्राहकलाई मध्यनजर गर्दै एनके मोटर्सको ‘अप्ठ्यारोमा सघाउँदै बजाज’

चितवन । कोभिडले लामो समय थलिएको अर्थतन्त्र बिस्तारै उकासिँदै छ । कोभिडले गलाएको व्यापारलाई उकास्न उपभोक्ताको आर्थिक अवस्थालाई मध्यनजर गर्दै भरतपुरको एनके मोर्टसले ‘अप्ठ्यारोमा सघाउँदै बजाज’ भन्ने नाराका साथ विभिन्न सुविधा ल्याएको छ ।

‘अप्ठ्यारोमा सघाउँदै बजाज’ अभियानमा फ्रि सर्भिसिङ क्याम्पको व्यवस्था रहेको बजाजको आधिकारिक बिक्रेता एनके मोटर्स भरतपुरका प्रोप्राइटर पदमराज कँडेलले जानकारी दिए । जसअन्तर्गत पार्ट्समा १० प्रतिशत, लुब्रिकेन्टसमा २५ प्रतिशत, लेबर चार्जमा ५० प्रतिशत र युरो ग्रीक टायरमा १० प्रतिशत छुट उपलब्ध गराइने कँडेलले बताए । त्यस्तै, सेल्सतर्फ भने जम्मा मूल्यको २५ प्रतिशत रकम डाउनपेमेन्ट गरेर किस्ताबन्दीमा बाइक उपलब्ध गराइने अफर रहेको उनले बताए ।

पछिल्लो समय सबैभन्दा रुचाइएको बाइक २२० पल्सरमा पनि तीन हजार मूल्य गिरावट गरिएको उनको भनाई छ । अन्य ब्राण्डका मोटरसाइकलको तुलनामा चितवनमा बजाजका बाइकले ६५ प्रतिशत बजार लिएको कँडेलको विश्वास छ । ‘कोभिडले थलिएको बजारलाई उपभोक्ताबीच कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा केन्द्रित छौं,’ उनले भने, ‘पछिल्लो समय बजाजप्रति ग्राहकको चासो बढ्दै गइरहेको छ । त्यसको लागी आर्थिक अवस्था न्यून भएका ग्राहकदेखि धनाड्य र सौखिन ग्राहकलाई मध्यनजर गर्दै विभिन्न मूल्यका बाइकहरू बजारमा उपलब्ध गराएका छौ ।’

बजाज बाइकको स्टाबिलिटी र प्रर्फमेन्स राम्रो हुनुको साथै अन्य मोटरसाइकलको मूल्यको तुलनामा बजाजको बाइक सस्तो छ । भारतमा निर्मित यसको पार्ट्स सर्वसुलभ र सहज रूपले उपलब्ध हुने हुँदा मर्मतमा समस्या नहुने एवम् वस्तु गुणस्तरीय र टिकाउ हुने भएकोले उपभोक्ताको रोजाई बन्न सफल भएको कँडेलको दाबी छ ।

बजाजको दसैं लक्षित योजनाअन्तर्गत हरेक बाइकको खरिदमा सात हजार रुपैयाँ नगद छुटको साथै हेल्मेट, सिट कभर, लेगार्ड, बाइक कभर पनि निःशुल्क उपलब्ध रहेको उनले बताए । बजाजका यात्रुलाई हटलाइनको पनि व्यवस्था रहेको उनले जानकारी दिए । जसअन्तर्गत यात्राको क्रममा बाइक खराब भएको अवस्थामा हटलाइन प्रयोग गरी नजिकैको सर्भिस सेन्टरबाट ग्राहकलाई सुविधा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको छ । गत ३१ भदौमा पल्सर एनएस–१२५ बिएस सिक्सको लन्चिङ गरेपछि बुकिङ गर्नेको संख्या दिनहुँ बढ्दै जाँदा खुसी मिलेको उनले बताए । बजाजले २०२२ मे पहिलो सातादेखि तीन वर्षको एक्सटेन्सन वारेन्टी चार हजार ९९९ रुपैयाँ थप गरेको छ ।

बजाजको अर्को सुविधा अन्तर्गत वार्षिक कार्ड पनि पर्दछ । जसअन्तर्गत न्यूनतम पाँच वटा फ्रि सर्भिसिङ, चार वटा फ्रि वासिङ, हरेक पार्टस्मा ८ प्रतिशत सहुलियत, मोबिलमा ५ प्रतिशत छुट र कार्डमा १० प्रतिशत छुट उपलब्ध हुन्छ । समयअनुसार मोटरसाइकल परिवर्तन गर्न चाहनेलाई एनके मोर्टसमा सम्पर्क गर्न एनके मोर्टस भरतपुरका प्रोप्राइटर कँडेलले अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर