मुख्यमन्त्री केसीको निर्देशन : ‘राजधानी निर्माण कार्य छिटो अगाडि बढाउनु’  

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको गौरवको आयोजना प्रदेश राजधानी निर्माण लागि सरोकारवालाले छिटोभन्दा छिटो सहयोग गरी तुरुन्त कार्य प्रगतिमा पूर्णता दिनका लागि राजधानी व्यवस्थापन सहयोग समिति र प्रदेश प्राधिकरणलाई निर्देशन दिए ।

फेसबुकमा पछ्याउनुहोस् मुख्यमन्त्री केसीले प्रदेशको राजधानी निर्माण गर्ने विषय हचुवाको तालमा नभई  सम्वेदनशील विषयका रुपमा लुम्बिनी प्रदेश सरकार लागेको बताए ।

७ वटा प्रदेशहरुमा नमुना प्रदेश राजधानी बनाउ हामी लागेको बताए 
राजधानीमा संरचना निर्माणको लागी स्थानीय तहहरुले पनि भूमिका निर्वाह गर्नुपर्ने बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले राजधानी निर्माणका लागि कार्यतालिका देउखुरिका सबै वडामा समिति गठन गरी तुरुन्त काम गर्न निर्देशन दिए । केसीले जग्गा एकीकरण कुनै पार्टीको मात्रै नभई साझा विषय भएकाले निर्माण कार्यमा लाग्नका लागि अनुरोध समेत गरे।

लुम्बिनी प्रदेश सरकारका पहिलो गौरवको अयोजनालाई पूर्णता दिनका लागि सरकार लागि रहेको बताउँदै अब त्यसलाई अगाडि तिव्रगतिमा समितिबाट अगाडि बढाउनको लागि अनुरोध गरे । कार्यक्रममा जग्गा एकीकरणका लागि कार्यक्रममा एकीकरण कार्यदलका संयोजकमा श्यामेर चौधरीलाई पनि सपथ ग्रहण गराईएको थियो ।

कार्यक्रममा प्रदेश पूर्वाधार प्राधिकरणका सिइओ छवि पोख्नेलेले राजधानी निर्माणको कार्यलाई कार्यतालिका बनाएर नै अगाडि बढाउने बताउनुभयो । राजधानी निर्माणको छलफलमा देउखुरीका १४ वटा वडाका अध्यक्ष र सरोकारवाला निकायको सहभागीता भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर