• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चाेलेन्द्रको आरोप पुष्टि नहुदै घर घेरेर नजरबन्दमा राख्नु राज्य आतंकको पराकाष्ट होः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एमाले प्रवेश गराउदै ओलीले गठबन्धनले संसद बाहिर बसेर, अनधिकृत स्थानमा भेला भएर र संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेको भन्दै आक्तोश व्यक्त गरे  ।

उनले राष्ट्रपतिको अपमान गर्ने काम महानता हो भनेर गठबन्धनले ठानेको तर्क गरे । नागरिकता बिधेयकका बारेमा गठबन्धन एकलौटी ढंगले अघि बढेको र एकपटक पनि राष्ट्रपतिसंग परामर्श नगरेको उनको भनाइ थियो । 

ओलीले नेपाली नागरिकलाई मात्रै नागरिकता दिने काम हुनुपर्ने भन्दै बिदेशीहरुलाई नागरिकता दिने काम सरकारले गर्न नसक्ने धारणा राखे  । उनले संविधान अनुसार कुनैपनि नेपाली नागरिकलाई नागरिकताविहिन बनाउन नमिल्ने बताउँदै यसअघि एमालेले अघि बढाएको नागरिकतासम्बन्धी कानूनलाई अहिले गठबन्धनमा रहेका दलहरुले रोकेको बताए ।

त्यस्तै ओलीले गठबन्धनलाई पराजित गराएर छाड्ने र गठबन्धनका अपराधहरुका बिरुद्ध लडिरहेको एमालेलाई बिजयी गराउने दावी गरे  । गठबन्धनको गन्तव्य जसरी पनि सत्ता प्राप्त गर्ने मात्र रहेको उनको भनाइ थियो  । ओलीले एमालेको लक्ष्य समृद्ध नेपाल सुखि नेपाली भएपनि गठबन्धनको लक्ष्य आफ्नो परिवारको समृद्ध मात्र भएको आरोप लगाए ।

अध्यक्ष ओलीले एमालेको घोषणापत्रलाई देश र जनताको चाहना अनुसार बनाउन सवैपक्षसंग छलफल समेत चलाएको बताए । उनले प्रधानन्यायाधिशमाथी लागेको महाभियोगलाई बदनियताका साथ सभामुखले ६ महिनासम्म अघि नबढाएको आरोप लगाए । आरोप पुष्टि नहुदै घर घेर्नु र नजरबन्दमा राख्नु राज्य आतंकको पराकाष्ट भएको उनको भनाई छ । 

त्यस्तै एमाले प्रवेश गर्दै खनालले पछिल्ला सात जना प्रधानमन्त्रीमा केपी ओली जस्तो राजनेता कोहि नभेट्टाएको बताए । एमालेले राष्ट्रका लागि गरेको कामलाई देखेर आफु पनि एमाले प्रवेश गरेको उनको भनाई छ । 

कार्यक्रममा खनाल लगाएत । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने तयारी गरेका अब्दुस मिया लगाएतका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर