आजदेखि ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन


काठमाडौं ।  नेपालमा आजदेखि ‘प्रेमगीत ३’ को हिन्दी संस्करण पनि प्रदर्शनमा आएको छ । 

आइतबार सेन्सर भएर घटस्थापनाको अवसर पारेर आजदेखि हिन्दी संस्करण प्रदर्शनमा आएको हो । हिन्दी संस्करणले प्रदर्शनको पहिलो दिन मल्टिप्लेक्स हलहरूमा राम्रो शो पाएको छ । 

सोमबारदेखि नेपाली संस्करणको शो घटाएर हिन्दीलाई धेरै शो उपलब्ध गराइएको छ । 
 केही समयको विवादपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण पनि नेपाली चलचित्रसरह प्रदर्शनमा आएको हो ।

छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । 

चलचित्रको नेपाली संस्करणले नेपालमा शुरूवाती दुई दिनमा ४ करोड २५ लाखको व्यापार गरेको छ । 

शुक्रवारदेखि वल्डवाइड प्रदर्शनमा आएको चलचित्रले दुई दिनमा विश्व बजारबाट भने १४ करोड बढीको व्यापार गरेको निर्माण टिमको दाबी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर