अटो चलाएर गुजारा गर्छन् सलाम बम्बेका शफीक

मुम्बई । बाल कलाकारका रूपमा शफीक सैयदले फिल्म ‘सलाम बम्बे’ मा अभिनय गरे । फिल्ममा उनीसँगै रघुवीर यादव, इरफान खान र नाना पाटेकरको पनि अभिनय थियो । ठूला स्टारसँगै उनको अभिनयलाई पनि सबैले मनपराए । उनले नेसनल अवार्डसमेत जिते ।

शफीकले सानै उमेरमा यति ठूलो सफलता पाउँछु भन्ने कहिल्यै सोचेनन् । उनले फिल्ममा कृष्णको भूमिकामा अभिनय त गरे, तर आगामी दिनमा कति संघर्ष गर्नुपर्छ भन्ने उनलाई थाहा थिएन । ‘सलाम बम्बे’ पछि उनको भाग्यको ढोका खुल्नेमा सबै ढुक्क थिए । किनकि उनले नेसनल अवार्ड जितिसकेका थिए । तर ठीकविपरीत भइदियो ।

‘सलाम बम्बे’ पछि उनी अर्को एक फिल्ममा मात्र देखिए । त्यसपछि उनी बलिउडबाट गुमनाम भए ।  उनले कैयौं निर्माताको घर र कार्यालय धाए, तर कतै काम पाएनन् । उनी निरास भएर गृहनगर बैंगलोर फर्किए । घर फर्किएपछि उनले जीवन चलाउन सानोतिनो काम गरे । कहिले लाइटमेन बने त कहिले अटो चालक ।

उनी अहिले अटो चलाएर परिवारको पालनपोषण गरिरहेका छन् । उनको विवाह भइसकेको छ र चार सन्तान छन् । उनी कन्नड उद्योगको टेलिभिजन प्रोडक्सन युनिटमा असिस्टेन्टको रूपमा पनि काम गर्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर