• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

दशैंको मुखमा हिलाम्यै ग्रमिण सडक,  सर्वसाधरणलाई सास्ती (फाेटाे फिचर):

काठमाडौं । देशमा संघीयता लागु भएपछि हरेक गाउँगाउँमा सडक पुगेका कारण हरेक गाउँटोलका मान्छेहरु सडक पुगे सँगै क्षणीक भए पनि खुसी भएका छन् । यीनै सडकका कारण वर्षायाममा कतिपय स्थानमा परिोको प्रकोप भएका कारण सर्वसाधरणको ज्यान समेत जाँदा ग्रामिण सडकहरुले क्षणीक खुसी मात्र दिएका छन् । कनिकी हिउँदमा सडक पुगे पनि तेही सडकका कारण कतपिय स्थानमा बस्ती नै विस्थापीत भएका छन् ।

निरन्तर वषृका कारण यतिबेला  ग्रामिण सडकहरु हिलाम्यै भएका छन् । मौष्मी वर्षका कारण दशैं लागिसके पनि  स्थानीय सरकारहरु यदासिन भएका कारण  अधिकाँश स्थानमा ग्रामिण सडकहरु सुचारु हुन सकेका छैनन् ।  बिगत कही दिन देखी लगातार पानी परेका कारण आकालझुकल चल्ने सडक समेत हिलाम्यै भएका कारण काठमाडौंबाट दशैंका लागि घर  फर्कने यात्रुसमेत अलपत्र हुने गरेका छन्  ।

निरन्तर परेको पानीका कारण पहाडी जिल्लाका ग्रमीण सडकमा यातायात संचालनका लागि कठिन भएका छन् । निरन्तर वर्षाका कारण काठमाडौं पूर्वका अधिकांश ग्रमिण सडक हिलाम्यै भएपछि दशैंका लागि काठमाण्डौबाट गाउँ फर्केका सर्वसाधरण मारमा परेका छन्  । दशैं लागे संगै धुले र कच्चि रहेकासडक हिलाम्यै भए पछि काठमाण्डौबाट घर फर्केका सर्व साधरण मारमा परेका हुन् । काठमाडौंबाट पूर्वका जिल्लाहरु सुन्धुपाल्चाक, काभ्रेपलाञ्चोक,  रामेछाप, दोलखा, सिन्धुली, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु लगायतका दर्जनबढी जिल्लाका स्थानीय सडक हलिाम्यै हुँदा सर्वसाधरण समस्यामा परेको बताउँछन् । 

रमेछापको मन्थली साँघुटार लगायतका ग्रमिण सडकहरु वर्षलागे सँगै सवारी साधन आवतजावतमा कठीन हुने गरेको सर्वसाधरणको भनाइ छ  । ओखलढुंगाको  ओखलढुंगा–रामपुर लप्सेफेदी घोराखोरी सडक समयमै नबन्दा बिरामीलाई समेत समस्या हुने गरेको स्थानीयको भनाइ छ ।ओखलढुंगामा रहेको सिद्धिचरण राजमार्गको घुर्मी–पत्ताले सडकखण्ड बाहेक अन्यत्र रहेका ग्रमिण सडक वर्षामा हिलाम्यै र हिउँदमा धुलाम्यै हुने गरेका  छन् ।

रामेछाप कै पुष्पलाल राजमार्ग तथा विपी राजमार्ग सँग जोडीएका स्थान बाहेकका स्थानहरुमा सडकको अवस्था दयनिय रहको छ । सिन्धुलीमा  रहेको मध्यपहाडी र विपी राजमार्ग बाट गाउँजाने सडकहरुको अवस्था पनि उस्तै रहेको छ । अरनिको राजमार्ग हुँदै लामोसाँघु जीरी सडक र केही अन्य ग्रमिण सडकबाहेकका   सडकहरु हिलाम्यै भएका कारण सिन्धुपाल्चोक दोलखामा पनि दशेंको मुखमा सर्वसाधरण समस्यामा रहेका छन् । 

हिउँदका तीन महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् ग्रामीण सडकहरु । असार तेस्रो सातादेखि बन्द भएका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ लाग्दा पनि खुलाउने सुरसार छैन । तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा पर्दै आइरहेका छन् ।  गाउँमा पुगेका अधिकांश सडक बिना सर्भेक्षण निर्माण गर्दा बर्खाको भलसँगै बगेकाले असोज लागिसक्दा पनि सञ्चालन हुन सक्दैनन् । बर्खाको तीन महिना स्थानीयवासीलाई बजारबाट सामान ढुवानी गर्न भरियालाई बोकाउनु पर्छ । गाउँमा कोही बिरामी परेर अपरझट अस्पताल पु¥याउन परे पनि सडकका कारण बोकेरै बजार झर्नुपर्ने अवस्था छ ।  

गाउँ पुगेका सडक बर्खाका कारण दर्जनौँ स्थानमा पहिराले पुरिएका छन् भने कयौँ स्थानमा खाल्डाखुल्डी र भलका कारण गाडी गुड्नै नमिल्ने भएका छन् । बाह्रै महिना सडक सञ्चालन नहुँदा ग्रामीण क्षेत्रका नागरिकले निकै समस्या भोग्नुपरेको छ । सडककै कारण सडक पहिराले बगाउँदा बजारदेखि सामान ओसारपसारमा समेत स्थानीयहरुलाई निकै समस्या भएको छ ।

पूर्वीपहाडी जिल्ला इलाम, धनकुटा, संखुवासभा, भोजजुर, ताप्लेजुङ, तेह्थुम, भोजपुर लगायतका जिल्लाहरुमा सडकको अवस्था द य निय भएको छ । चुनावअघि हेकदिनि हरेक सडकमा सवारी साधन चल्न सक्ने बनाउने भनन् जनप्रतिनिधिको प्रतवद्धता कुरामा मात्रै सिमीत भएको छ । बर्खामा सडक सञ्चालन नहुँदा गाउँमा कोही बिरामी परे बोकेरै अस्पताल झर्नुपरेको र सडक निकै जोखिमपूर्ण हुने हुँदा पैदल गर्न पनि निकै समस्या हुने गरेको जनगुनासो छ  । देशभरका ग्रामिण सडकहरु  भत्किएर गाडी त चल्दैन नै, मान्छे हिँड्न पनि निकै जोखिमपूर्ण भएको  हरेक गाउँमा देख्न सकिन्छ ।

जथाभावी खनीएको सडकका कारण पैदलयात्रा गर्दा माथिदेखि पहिरो झरेर पुरिने होकी भन्ने डर मान्दै हिँड्नु पर्ने अवस्था आएको छ ।  गाउँमा मान्छे बिरामी पर्छन्, बाटो बन्द हुन्छ, त्यो बिरामीलाई के गर्ने ?, बोकेर भए पनि अस्पताल पुर्याउनु पर्यो, सर्वसाधरणलाई त सडक भएर पनि दुःख नभएर पनि दुःख जस्ताको तस्तै रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर