• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एमाले नेता राईले दिए ज्यान मार्ने धम्कीः ‘तपाईका छोराछोरी रुलान्, ख्याल गर्नु !’ (अडियाेसहित)

विरटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका निवर्तमान सांसद राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । 

बिहीबार दिउँसो ४ बजेर ५३ मिनेटमा पौडेललाई फोनमार्फत सांसद राईले  ‘अस्तित्व समाप्त पारिदिने’ धम्की दिएको अडियो सार्वजनिक भएको छ। 

सांसद राईले तनहुँबाट मेरो क्षेत्रमा आएर शासन गर्ने ? भन्दै ज्यान मार्ने धम्की दिएपछि पौडेलले सरकारका निकायसँग सुरक्षा माग गरेका छन्। 

बेरुजुलाई शून्यमा झारेबापत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट इलामको सूर्योदय नगरपालिकामा कार्यरत हुँदा पौडेल पुरस्कृत भएका थिए।

अधिकृत पौडेलले  प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सिडियो कार्यालय लगायतलार्य बोधार्थ दिएर सुरक्षाका लागि पत्र पठाएको बताएका छन् ।

यस्तो छ अडिओ वार्ताः

पौडेलः माननीय ज्यू नमस्कार !

राईः तपाईं आएर मेरो ठाउँमा तपाईं शासन गर्ने? 

पौडेलः के भएछ हजुर?

राईः तपाईंलाई फेरि ठिक लाइदिन्छु नि चुनावमा फेरि। तपाईं ख्याल गर्नुहोला, तपाईंले एकदम हेप्नुभएको छ हामीलाई। नहेप्नु नि। तपाईं खुरुक्क जानू यहाँ मसँग अरु डबल कुरा नगर्नू। तपाईंलाई मैले भनिदिएको छु नि, तपाईंको अस्तित्व म समाप्त पारिदिन्छु नि। कम अत्याचार गर्नुभएको छ तपाईंले त्यहाँ। तर म हेर्दैछु, तपाईंलाई कसैले जोगाउन सक्दैन्। तपाईंको शेरबहादुर देउवा, रामचन्द्र पौडेल जो आएपनि जोगाउन सक्दैन। तपाईंलाई मैले भनिदिएको छु, खुरुक्क जाने अब। अर्को कुनै घटना घट्यो भने मलाई नभन्नु। तपाईं दुनियाँ ठाउँमा दादागिरी चलाउने?

पौडेलः के गरेँ मैले भन्नु न त? 

राईः तपाईं जति मान्छे कति झुण्डाएर हान्देको छु थाहा छ? हान्न बाँकी छ, तपाईंले डडाल्नो दह्रो बनाएर राख्ने कुरा यत्ति क्लियर हो।

पौडेलः हैन मैले के गरेँ, माननीय ज्यू?

राईः तपाईं खुरुक्क जानुस्, तपाईं मेरो ठाउँमा आएर फूर्ती लगाउने? किन फूर्ती लगाउने? म देखाइदिन्छु।

https://www.facebook.com/nilam.thapa.92/videos/801123967608142

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर