• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

काठमाडौं– १ बाट वीन्द्र मिश्रको उम्मेदवारी घोषणा 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । राप्रपासँग एकता गरेको दुई दिनपछि नै शुक्रबार मिश्रले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भएका थिए । 

मिश्रले मञ्चमा एक छेउमा चन्दा बाकस पनि राखेका छन् ।

उनी २०७४ मा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए भने नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार ९३६ मतका साथ निर्वाचित भएका थिए ।

यो पटक पनि मिश्रको प्रतिस्पर्धी सिंह नै हुने देखिन्छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर