• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

चमेराको मासु खाएर भिडियो सार्वजनिक गर्ने महिला फन्दामा

एजेन्सी । थाइल्यान्डमा एक महिलाले एउटा कचौरामा सोरबा, टमाटर र चमेरोको मासु खाइरहेको भिडियो सार्वजनिक गरेपछि पक्राउ परेकी छन् । सोमबार, फोनचानोक श्रीसुनाक्लुआले उनको युट्युब च्यानलमा “जिन जाप बेन नुआ नुआ (मसालेदार र स्वादिष्ट खानुहोस)“ शीर्षकमा पेट मन्थन गर्ने भिडियो पोस्ट गरिन ।

भिडियो क्लिपमा उनी कालो रंगको सुपको अगाडि बसेकी थिइन् जसमा धेरै मरेका चमेराहरू थिए। उनले मरेका जनावरहरू मध्ये एउटा उठाइन् र मासुलाई निम जाम नामक चटनीमा डुबाउनुअघि टुक्रा पारिन ।

समाचार विवरणअनुसार उनले भिडियोमा आफूले पहिलो पटक चमेरा खाएको बताएकी छिन् । उत्तरी थाइल्यान्डको लाओस सीमानजिकको एउटा बजारबाट उनले उक्त चेमेरा  किनेकी थिइन् । उनले आफ्नो खानेकुरालाई स्वादिलो भन्दै स्वादलाई काँचो मासुसँग तुलना गरेकी थिइन् । सार्क–कोभ–२(जसबाट कोभिड महामारी फैलियो)  संक्रमित चमेरा उनले मासु किनेको ठाउँमा फेला परेको थियो ।

उनको भिडियोप्रति इन्टनेटका प्रयोगकर्ताले विभिन्न प्रतिकृया जनाएका छन् । कसैले उक्त भिडियोलाई डरलाग्दो भनेका छन् भने केहीले स्वास्थ्यबारे चासो देखाएका छन् । एक प्रयोगकर्ताले नयाँ कोरोनाभाइरसको कथित उत्पत्तिलाई औँल्याएका थिए । ‘यदि तपाई मर्दै हुनुहुन्छ भने एक्लै मर्नुहोस । कसैले पनि तपाइलाई दोष दिनेछैन् । तर, महामारी सुरु भयो भने तपाइ अभिसप्त हुनुहुनेछ’, प्रयोगकर्ताले लेखेका छन् ।

सर्वसाधारणको आक्रोशपछि उनको युट्युव च्यानलबाट भिडियो हटाइएको छ । तर, संरक्षित जनाबरको मासु खाएको र कम्पयुरजन्य अपराध एन २००७ बमोजिम उनी पक्राउ परेकी छिन् । दोषी ठहर भएमा उनलाई ५ वर्ष कैद र ५ लाख भाट जरिवान हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर