• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

विश्वप्रकाश नयाँ सपनाका प्रतिक, अग्नि खरेल गुटका वारेश !

झापा क्षेत्र नं १ चुनावी आकर्षणको केन्द्र मध्ये एक भएको छ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तेस्रो पटक परीक्षणमा छन् भने, उनीसँग प्रतिष्पर्धा गर्दैछन् भुतपूर्व मन्त्री तथा एमाले नेता अग्नी खरेल ।  विश्वप्रकाश प्रतिष्पर्धामा खरो उत्रने आधार धेरै छन्, त्यसमध्ये सबैभन्दा बलियो आधार भनेको विश्वप्रकाश पार्टीको एक गुटलाई होइन, आम जनताको र खासगरी नयाँ पुस्ताको, नयाँ सपनाको र सिङ्गो नेपाली राजनीतिमा नयाँपनको प्रतिनिधि हुन् । खरेल उनको पार्टी गुटको र खासगरी उनका अध्यक्ष मात्रका वारेस हुन् ।

खरेल यस क्षेत्रका स्थायी बासिन्दा होइनन् । त्यसो त यो क्षेत्रबाट चुनाव लड्न खरेलको न तयारी थियो न त मनस्थिति नै, तर एमाले पार्टी अध्यक्ष केपी ओलीको असहज आदेश मान्नै पर्ने बाध्यताले अग्नि खरेल र रबिन कोइराला दुबै सकसमा परेको जगजाहेर छ । खरेलको आगमनले सबै भन्दा निरिह कसैलाइ बनाएको छ भने ति हुन एमाले नेता रबिन कोइराला ।

रबिन कोइराला क्षेत्र नं १ मा प्रतिनिधि सभा सांसदको रुपमा शुरु देखि नै तयारी गरिरहेका थिए र सर्वसम्मत रुपमा उनकै नाम पारित भएको थियो । तर एमाले नेता केपी ओलीको आज्ञाकारी भएर खरेल झापा १ आए अनि गुटगत दुष्मनी साँध्न ओलीले कोइरालालाई प्रदेश १ क को उम्मेद्वार बनाए । ओलीको यो आदेशकोविरुद्धमा बिद्रोह गर्न नसक्नुले कोइरालालाई कार्यकर्ता माझ थप अलोकप्रिय बनाएको छ । त्यसैले स्पष्ट छ, एमाले पार्टीमा निष्ठा भएका इमान्दार नेता कार्यकर्तासमेतले नेपाली राजनीतिमा नयाँपन र उचित सँस्कारको प्रादुर्भाव होस् भन्ने मनसायले विश्वप्रकाशलाई नै रोज्नेछन् ।

झापा क्षेत्र नं १ मा गठबन्धनको आत्मविश्वास चुलिएको देखिन्छ भने एमाले पार्टी अध्यक्ष केपी ओलीको असहज आदेश मान्नुपर्ने बाध्यताले एमाले नेता र कार्यकर्ताहरु उचित विकल्प रोज्ने मनस्थितिमा देखिन्छन् । एमाले र काँग्रेसतिरका अन्य पार्टीका पनि स्वाभाविक विकल्प विश्वप्रकाश नै बनेका छन् ।

पार्टीको आन्तरिक कलह चिर्दै चौधौ महाधिवेशनमा महामन्त्रीको पदमा कुनै गुटको समर्थन बिना पनि महामन्त्री पदमा निर्वाचित हुनुले विश्वप्रकाशको राजनैतिक उचाई पुष्टि गरेको छ । सबैलाई समेट्न सक्ने प्रभावशाली साँझा नेताको रुपमा उनी स्थापित छन् । पार्टीको आन्तरिक प्रतिष्पर्धामा खरो उत्रेका विश्वप्रकाश शर्माका लागि आगामी राजनीतिक भविष्यको दृष्टिकोणले यसपटकको संघीय संसदको चुनाव अत्याधिक महत्वसँगै निणरयक रहने देखिएको छ । एकातिर पार्टीको आन्तरिक बिग्रह सम्हालेको र अर्कातिर रैथाने पनि भएका कारण शर्मा पहिलेभन्दा बलियो प्रतिष्पर्धी भएको स्थानीय मतदाताहरुको ठम्याइ रहेको सहज अनुमान गर्न सकिन्छ । समग्र मतदाताहरु आफ्नो क्षेत्रको प्रतिष्ठा र गरिमाका लागि पनि आफ्नै बलबुतामा महामन्त्री बनेका शर्मालाई रोज्न चाहन्छन् ।

राजनैतिक दलका उम्मेद्वारहरु चुनावमा जाँदा दुई प्रकारले जाने गर्दछन् । कुनै कार्यकारी पद भार लिइसकेका उम्मेद्वारहरु आफू पदमा रहँँदा गरेका कामहरु देखाउँदै फेरि निर्वाचित भएको खण्डमा गर्न सकिने कामहरु देखाएर कुनै पनि कार्यकारी पदमा नबसेका उम्मेद्वारहरु भने आफ्ना एजेण्डा, मुद्दा र गर्न सकिने कामहरुको खाका लिएर जान्छन् ।

यस अर्थमा, अग्नि खरेल पहिले नै कानुन मन्त्रीको रुपमा पदभार ग्रहण गरिसकेका नेता हुन् । सार्वजनिक पद धारण गरिसकेका हुनाले आफूले गरिसकेका कामहरुको फेहरिसत लिएर मतदाता सामु जान पाउने सुविधा उनलाई प्राप्त थियो तर त्यसो गर्न असक्षम छन् खरेल । उनले कानुन मन्त्री भएको समयमा त्यस्तो कुनै उल्लेख्य काम गर्न नसकेको तितो सत्य हाम्रो सामुन्ने छ ।

विश्वप्रकाशलाई भने त्यो सुबिधा प्राप्त छैन । उनी यसअघि २०७० मा रबिन कोइरालासँग र २०७४ मा राम कार्कीसँग पराजित भएका थिए । राम कार्की तत्कालिन एमाले र माओबादीको एकता हुनु पुर्व गठबन्धनको तर्फबाट उम्मेद्वार थिए भने रबिन कोइराला अहिले प्रदेश १ क का गठबन्धनका उम्मेद्वार गोपाल तामाङ्गसँग प्रतिस्पर्धा गर्दैछन् । २ पटक यस क्षेत्रमा हार व्यहोरी सकेका शर्माले आफ्नो क्षेत्रमा गर्ने गरेका राजनैतिक र सामाजिक गतिविधिमा कहिले पनि कमि नआएको सत्य यहाँको मतदाताहरुले प्रत्यक्ष महसुस गरेका छन् ।

अग्नि खरेलले कानुन मन्त्री हुँदा र रबिन कोइराला सांसद हुँदा यस क्षेत्रमा भएका सबै कामहरुको फेहरिस्त एकातिर र विश्वप्रकाश शर्माले कुनै पदमा नरहेरै यस क्षेत्रको लागी गरेका कामहरुको तुलना गर्ने हो भने शर्मा धेरै अगाडी छन् । तसर्थ क्षेत्र न १ का मतदाताहरुले स्पष्ट छन् पदमा नरहेरै पनि यो क्षेत्रको समग्र बिकासको लागी सधैं लागिरहने शर्मालाइ जिताएर साँसदमा पठाउन पाउनु हाम्रो लागि एउटा अवसर हा े। खरेल र कोइरालाका असफलताका भार हामी किन बोक्ने रु

नेपाली काँग्रेस पार्टी भित्र पुस्तान्तरणको बहस पेचिलो हँुदै गइरहेको अवस्थामा अब आउने महाधिवेशनबाट उनको पार्टी सभापति बन्न सक्ने सम्भावनाको चर्चासमेत काँग्रेस वृत्तमा हुन थालिसकेको छ । अहिलेसम्म कुनै पनि किसिमको आर्थिक अनियमितताको विवादमा नतानिएका शर्मा चारित्रिक रुपले पनि उत्तिकै निश्कलंक छन् । दुईपटक चुनाव हारिसकेका शर्मा यसपटक समानुपातिक तर्फबाट उम्मेद्वारी दिएर आफ्नो सांसद पद सुनिश्चित गर्न सक्थे तर उनले त्यसो गर्न रुचाएनन् । आफू जन्मिएको ठांउँ, जहाँबाट उनले राजनिति सुरु गरे र पटकपटक खुला मनले परीक्षित भए, फेरि हारे पनि जिते पनि यहि क्षेत्रबाट उम्मेद्वारी दिने शर्माको अभिव्यक्तिले उनको राजनैतिक उचाइ अझ वृद्धि भएको झापा १ का मतदाताहरुले महशुस गरेका छन् ।

राजनैतिक प्रभाव, अनुभव र निश्कलंक छविका कारण सांसदको निर्वाचित भएको अवस्थामा उनको मन्त्री बन्ने निश्चित छ । आगामी दिनमा विश्वप्रकाश शर्मा जस्ता स्वच्छ छवि भएका नेतालाइ नेपाली काँग्रेस पार्टीको सभापति या यो देशको प्रधानमन्त्रीको रुपमा पाउनु भनेको समग्र क्षेत्र न १ का लागी अभुतपुर्व अवसरको रुपमा सावित हुनेछ । नेपालको समग्रराजनिति सुधार गर्न पनि महत्वपुणर् भुमिका निर्वाह गर्ने सवालमा हामी समेत योगदान गर्ने बेला यही हो भनेर सबै पार्टीका नेतारकार्यकर्तारमतदाताले बुझेका छन् त्यसैले निःसन्देह विश्वप्रकाश नै सबैको छनौटमा पर्नेछन् ।

(ओली नेपाल तरुण दल झापा क्षेत्र न१ का सचिव हुन।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर