• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

१५ वर्ष पछि ब्युँतियो खोटाङमा माओवादी

काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङ निर्वाचित भएका छन् । उनले नेकपा एमालेका विशाल भट्टराईलाई पराजित गरेका हुन् । 

राईले ३१ हजार ३५१ मत पाए भने उनका निकटत प्रतिद्वन्द्वी भट्टराईले २८ हजार ६८५ मत पाएका छन् । २०७० र ०७४ मा लगातार दुई कार्यकाल जितेको एमालेले यसपटक आफ्नो किल्ला गुमाएको छ। दुई कार्यकाल नै भट्टराईले जितेका हुन् । भट्टराई यसपटक जितमा ह्याट्रिक गर्ने तयारीमा थिए । 

पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले जितेको क्षेत्र हो । राई २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा खोटाङ– १ बाट निर्वाचित भएका थिए । संविधान जारी भएपछि २०७४ को प्रदेशसभा निर्वाचनमा उनी खोटाङ १ (ख) बाट निर्वाचित भएका थिए । राई प्रदेश १ को वर्तमान खानेपानी, तथा सिंचाइ तथा ऊर्जा मन्त्री पनि हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर