• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर–१, बाँके–२, जुम्लामा  विजयी हासिल गरिसकेको छ ।

अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर