• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गरेका छन् । निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गर्नुभयो भन उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरे । 

महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित भएका थिए । उनी संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए । उनी २०७४ सालमा संघीय संसद प्रतिनिधिसभा सदस्यमा धनुषा–४ बाट विजयी भएका थिए ।

जनकपुर उपमहानगरपालिका २, धनुषामा बाबु मखन र स्व.मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मेका महासेठ हाल नख्खु, ललितपुरमा बस्छन् । उनका पत्नी जुलीकुमारी महतो र एक छोरा, एक छोरी हुनुहुन्छ । उहाँले बि.ई. (सिभिल इन्जिनियरिङ) अध्ययन गरेका छन् ।  एमाले निकट विद्यार्थी संडठन अनरास्ववियुमा २०२८/०२९ सालबाट औपचारिकरुपमा महासेठ राजनीतिमा प्रवेश गरेका थिए  ।

 २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित भएका थिए । २०३३ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात गरेका थिए भने र २०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गरेका थिए  । २०७६ सालमा एमालेको स्थायी कमिटी सदस्य भएका थिए।

महासेठले २०६८ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा काम गरेका थिए । उनले २०५१ सालमा उदयपुर सिमेन्ट उद्योगको कार्यकारी अध्यक्ष भएर पनि काम गरेका थिए । उनको विशेष रुचिको क्षेत्र विकास, खेलकुद हो ।

राजनीतिक घटनाक्रमका क्रममा २०२८÷०२९ को संघर्षको क्रममा २७ दिन थुनामा बसेका थिए । राजनीतिक आन्दोलनको क्रममा पटक÷पटक गरी १३ महिना थुना र जेल जीवन बिताइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर