• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

निर्वाचनको परिणाम सोचेजस्तो नआएको  एकीकृत समाजवादीको निष्कर्ष (भिडियो) 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले निर्वाचनको परिणाम सोचेजस्तो नआएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको समाजवादीको सचिवलय बैठकले अहिलेसम्मको चूनावी नजिताको समिक्षा गर्दै पार्टीले सोचेजस्तो नजिता आउन नसकेको निष्कर्ष निकालेको हो । 

बैठकपछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले निर्वाचनको परिणाम सोचेजस्तो नआएपनि गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्नुपर्ने निष्कर्ष निकालिएको जानकरी दिए । गठबन्धनको भावना अनुसार आगामी दिनमा पनि अघि बढ्नुपर्ने उनको धारणा छ । उनले निर्वाचनको पूर्ण नतिजा आएपनि थप छलफल हुने जानकारी दिए । उनका अनुसार बैठकले निर्वाचनलाई सफल पार्न भूमिका खेल्ने सवैलाई धन्यवाद दिने निर्णय गरेको छ ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर