• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन

एजेन्सी । उत्तरी छिमेकी देश चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन भएको छ। चिनियाँ सरकारसँग निकट रहेको समाचार संस्था सिन्ह्वाका अनुसार उनको सांघाईमा ९६ वर्षको उमेरमा निधन भएको हो। 

आज बुधबार उनको मृत्युको घोषणा गरिएको छ। उनी ल्युकिमिया (एक प्रकारको क्यान्सर) बाट पीडित थिए भने शरीरका अंगहरुले काम गर्न छोडेका थिए। 

उनी सन् १९९६ मा नेपालको औपचारिक भ्रमण गरेर तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटेका थिए।

राष्ट्रपति चमिनको जन्म झान्सु प्रान्तमा सन् १९२६ अगस्टमा भएको थियो । उनी सन् १९८९ मा पार्टी अध्यक्ष भएका थिए । चीनको आर्थिक समृद्धि र सैन्य आधुनिकिकरणको श्रेय चमिनलाई दिने गरिएको छ । उनी सन् २००३ सम्म चीनको राष्ट्रपति रहेका थिए ।

Jiang Zemin passed away due to leukemia and multiple organ failure in Shanghai at 12:13 p.m. on Nov. 30, 2022, at the age of 96, it was announced on Wednesday

— China Xinhua News (@XHNews) November 30, 2022
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर