• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वकप पछि स्टारको रुपमा उदाउन सक्छन्  गाक्पो 

काठमाडौं । नेदरल्यान्डसका कोडी गाक्पोले जारी कतार विश्वकपमा उत्कृष्ट समय विताइरहेका छन् ।  सन २०१८ को रुस विश्वकपमा उनी टिनेज थिए । 

नेदरल्यान्डस छनौट हुन असफल भएपछि गाक्पोले चार वर्षअघिको विश्वकप घरैमा बसेर हेरेका थिए । चार वर्षपछि अर्थात कतार विश्वकपमा डच टिमले अपराजित रहँदै  समुह विजेताका रुपमा नक आउट चरणमा स्थान बनाउँदा गाक्पोको भुमिका महत्वपुर्ण रह्यो । 

पिएसभीका विंगर गाक्पोले, कतारमा नेदरल्यान्डसका लागि समुहका तीनै खेलमा  गोल गरेका थिए । तीन पटकको उपविजेता नेदरल्यान्डसले अन्तिम १६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । लुइ भान हालको टोली यसअघि गुमाएको समयको  भरपाई गर्न दृढ देखिन्छ । 

‘हामी सवैका लागि विश्वकप विषेश छ । किनकी अघिल्लो पटक हामी थिएनौ’ – गाक्पोले भनेका छन् ।  समुहको शीर्ष स्थानमा रहँदै प्रि क्वाटरफाइनल प्रवेश गर्नका लागि खेलाडीले कडा मेहनत गरेको र सवैको लागि ठुलो कुरा रहेको उनको भनाई छ ।  

२०१८ मा विश्वकप हेर्दा त्यती मज्जा नआएको उनले सुनाए । किनकी त्यो वेला नेदरल्यान्डस खेलिरहेको थिएन् । गाक्पो भन्छन्– ‘त्यति बेला म १९ वर्षको थिए । मेरा लागि त्यो वेला विश्वकप खेल्ने भन्ने लक्ष्य थिएन् ।

पिएसभीको पहिलो टिममा कसरी पर्ने भन्ने मात्र थियो । मैले निरन्तर मेहनत गरे र  राष्ट्रिय टिमका लागि छनोट हुने प्रयास जारी राखे । अहिले हामी विश्व फुटवलको सवैभन्दा ठुलो मञ्चमा छौ र टिमका रुपमा हामीले राम्रो पनि गरिरहेका छौं । मलाई आशा छ यो जितले निरन्तरता पाउने छ ।’

इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, गाक्पोसँग नजिक बाट जोडिएको छ । युनाइटेडले गाक्पोलाई भित्राउन चाहिरहेको बेलायती संचारमाध्यमहरुले जनाएका छन् ।

यदि गाक्पोले जारी विश्वकपमा यस्तै प्रभावशाली प्रदर्शन गरिरहने हो भने युनाइटेडले उनका लागि धेरै रकम खर्च गर्नु पर्ने निश्चित छ । ६ फुट चार इन्चका गाक्पो गोल गर्न सक्ने क्षमता र गतिका कारण पुर्ण रुपमा एथ्लिट प्याकेज हुन् । उनी आफ्ना लागि र टिम मेटका लागि पनि गोल निकाल्न सक्षम मानिन्छन् । 

प्रशिक्षक लुइ भान हाल के भन्छन ?
गाक्पो युवा खेलाडी हुन् । उनी  २३ वर्षका भए तर त्यो भन्दा कम उमेरका देखिन्छन् । पिएसभी मा विगत तीन वर्ष देखी आवद्ध  गाक्पोले लेफ्ट बाट मात्र खेलिरहेका थिए । उनी सेन्टर अथवा नम्बर १० मा खेल्न चाहदैन थिए । तर मेरो लागि खेले । मलाई लाग्छ म उनको सवैभन्दा ठुलो हेड कोच हु । 

केही कुराहरु परिवर्तन हुन सक्छ । तर कोडी स्टार खेलाडी बन्न सक्छन् । स्टार खेलाडी बन्नका लागि सवै कुरा उनी संग छ । सवै कुरमा उनी  खुला विचारका छन् । 

कतार विरुद्धको खेल संगै गाक्पो नेदरल्यान्डसका लागि पहिलो विश्वकपका सुरुवाती तीन खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।  विश्वकपका लगातार तीन खेलमा गोल गर्ने उनी केवल चौथो डच खेलाडी हुन् । यसअघि  सन १९७४ मा योहान निस्केन्स , १९९८ मा डेनिस बर्गक्याम्प र २०१० मा वेज्ली स्नाइडाले यो सफलता हात पारेका थिए ।   

कप्तान भर्जिल भान डाइकले आफु गाक्पोको प्रदर्शन बाट प्रभावित भएको प्रतिृकया दिए । ‘आशा गरौ गाक्पो करियरमा धेरै उचाइ सम्म पुग्नेछन । उनी एकदमै राम्रो खेलाडी र ब्यक्ति हुन लिभरपुलका डिफेन्डर भान डाइकको भनाई छ ।’
 
उनले भने – ‘ट्रेनिङमा हामी गाक्पोलाई जस्तो देख्छौ पिचमा पनि त्यस्तैनै छन् । उनले टिमका लागि अझै धेरै गर्नेछन । हामी एकदमै खुशी छौ गाक्पोका लागि । 

हाल बार्सीलोनाबाट खेलिरहेका माम्फिस डिपायले भने – ‘सवैभन्दा महत्वपुर्ण कुरा गाक्पोले समुहका तीन खेलमा तीनैमा गोल गरे । यो  रेकर्डले आफै बोल्छ उनी को हनु । उनको एउटा उत्कृष्ट क्षमता भनेको  गोल गर्न सक्नु हो  । गाक्पो गोल स्कोरिङ प्लेयर हुन । यति ठुलो स्टेजमा उनको प्रदर्शन हेर्न पाउदा खुशी  छु ।’
 
गाक्पो उच्च फर्ममा छन् । यो सिजन क्लबका लागि उनले २९ खेलमा ३५ गोल गरेका थिए । नेदरल्यान्डसका लागि १७ गोल गर्नुका साथै १८ एसिस्ट गरेका छन् । 

के कतार विश्वकपको उच्च गोलकर्ता बन्ने बारे सोच्नु भएको छ भन्ने प्रश्नमा भने गाक्पोले जवाफ दिएनन् । उनले भने – ‘हाम्रा लागि सवैभन्दा महत्वपुर्ण कुरा खेल जित्नु हो । यदि म गोल गरेर योगदान गर्छु भने  त्यो ब्यक्तिगत र टिमका लागि राम्रो हो । यदि मैले गोल गरिन र टिमले जित्छ भने त्यो पनि राम्रो हो । -बीबीसीकाे सहयाेगमा
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर