• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

शाही सदस्य हुँदा मेघन मर्केललाई ज्यान मार्ने धम्की

एजेन्सी । बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन मर्केल ( डचेस अफ ससेक्स) ले ‘घृणित’ खतराहरूको सामना गर्नुपरेको बेलायतका  सबैभन्दा वरिष्ठ पुलिस अधिकारीले बताएका छन् ।  काउन्टर टेररिज्मको प्रमुखको हैसियतमा उनले मेघन मार्कल र उनका पति प्रिन्स ह्यारी विरुद्ध अति दक्षिणपन्थी चरमपन्थीहरूको धम्कीको सामना गर्नुपरेको नील बसुले बताए ।

४ न्युज समाचारसँगको एक अन्तर्वार्ता उनले सो भनाई राखेका हुन् । उनको भनाई राजकुमार ह्यारीले आफूलाई सुरक्षा खतरा रहेको भन्ने यसअघि गरेको दाबीसँग मेल खान्छ । मिश्रित जाति पूर्व टेलिभिजन अभिनेता मेघनले सन् २०१८ मा राजा चार्ल्स तृतीयको कान्छो छोरासँग विवाह गरेकी थिइन् । उनीहरूले सन् २०२० मा शाही जीवन त्यागेर अमेरिका गएका थिए ।

लन्डनको मेट्रोपोलिटन पुलिस सेवाबाट  ३० वर्षपछि राजीनामा दिँदै गरेका ५४ वर्षीय बासुलाई मेघनको जीवनमा साँचो खतरा छ कि भनेर सोधिएको थियो। त्यसको जबाफमा उनले ‘बिल्कुल’ भन्दै धम्कीहरूलाई ‘घृणित र धेरै वास्तविक’ भनेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर