लुम्बीनीमा सुरु भयो मूख्यमन्त्रीको दौडधुप, यी हुन् दाबेदार

काठमाडाैं । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै छ । प्रत्येक्ष र समानुपातिक तर्फको मत गणना अन्तिम चरणमा पुगिरहेका बेला सम्भावित सत्ता समीकरण कस्तो बन्ला ? भन्ने विषयमा पनि विमर्श सुरु भएको छ ।

अहिलेसम्मकाे मत परिणामले लुम्बीनी प्रदेशमा प्रतिपक्षी दल नेकपा एमालेका विरुद्ध पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा होमिएका दलहरूलाई समेत बहुमत पुर्‍याउन हम्मे हम्मे पर्ने अवस्था देखिएको छ । देशभर केही निर्वाचन क्षेत्रको बाहेक प्रतिनिधिसभा तथा प्रदेश सभाको प्रत्येक्ष तर्फको मत परिणाम सार्वजानीक भइसकेको छ ।

मत परिणाम सावृजानीक हुँदै गर्दा लुम्बिनी प्रदेशमा प्रत्येक्षतर्फको सबै नजिता सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचन प्रणालीबाट लुम्बीनीमा ५२ जना प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन् ।

परिणाम अनुसार यो प्रदेशमा एमाले सबै भन्दा ठुलो दल बनेको छ । प्रत्यक्षतर्फ एमालेले १८ स्थानमा विजयी भएर पहिलो पार्टी बन्न सफल भएको हो ।

लुम्बीनी प्रदेशमा कांग्रेस दोस्रो, माओवादी तेस्रो र अन्य साना दलहरुले क्रमसः चोथौ पााचौ र छैटौं स्थानमा रहन सफल भएका छन् । 

कुनदलले कति सिट पाए ?

यो प्रदेशमा नेपाली कांग्रेसले १७, माओवादीले ५ स्थानमा आफ्नो जीत हासील गरेका छन् भने जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानरुपमा  २–२ स्थानमा आफ्नो जीत हात पोका छन् ।

यहाँ जनमत पार्टीले १ सिट जितेको छ । माओवादी केन्द्रले टिकट नदिए पछि माओवादी केन्द्रबाट बिद्रोह गरेर स्वतन्त्र  रुपमा उम्मेदवार बनेका तीन जना स्वतन्त्र उम्मेदवारहरुले  जित हात पारेका छन् ।

लुम्बीनी प्रदेशमा समानुपातिक तर्फको मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छैन ।  हाल  सम्मको परिणामअनुसार  एमालेले ११, कांग्रेसले १०, माओवादी केन्द्रले ४, राप्रपाले २, जनमतले २, नागरिक उन्मुक्तिले २, जसपा, लोसपा र राष्ट्रिय जनमोर्चाले समान १–१ सिट पाउन  सक्ने देखीएको छ ।

लुम्बिनी प्रदेश सभा ८७ सदस्य  रहेको छ । प्रत्यक्ष र समानुपातिकको नतिजा हेर्दा एमाले पहिलो र कांग्रेस दोस्रो ठूलो दल बन्ने प्रष्ट भएको छ ।  

हालसम्मको परिणाम अनुसार तेस्रो स्थानमा माओवादी र अन्य दलहर क्रमसः  रहेका  छन् । हाल सम्मको नतिजालाई हेर्दा लुम्बिनीमा सत्तारूढ गठबन्धनको बहुमत पुग्ने भएको छ  । गठबन्धन भत्किएन भने लुम्बिनीमा आगामी सरकार उसैको बन्ने सम्भावना प्रबल छ । प्रदेश सरकार बनाउन ४४ सांसद आवस्यक पर्ने छ  ।

के होला त सत्ता समिकरण ?

यसरी हेर्दा सत्ता गठबन्धनमा रहेका कांग्रेस प्रत्यक्ष १७ तथा समानुपातिक तर्फ १० गरी २७, माओवादी केन्द्रको ९, लोसपाको ३,  राष्ट्रिय जनमोर्चाको १   सहितका  सांसदहरु सत्तारुढ गठबन्धनमा  रहेका छन् । यो अंकगणितलाई हेर्दा अब लुम्बीनी प्रदेशमा सत्तागठबन्धनको सरकार बन्न सक्ने प्रष्ट रुपमा देखिएको छ ।

लुम्बिनीमा प्रत्येक्ष  र समानुपातिक दुबैमा सत्ता गठबन्धन दलहरूकै मत बढी  रहेको छ । त्यसैले यो समीकरण भत्किए मात्रै एमालेको लुम्बिनीमा सम्भावना हुनसक्छ । अन्यथा गठबन्धनको विकल्प देखिएको छैंन ।

मुख्यमन्त्रीका लागि पाँच नेताकाे दौडधुप

निर्वाचनको परिणाम सार्वजानीक भई नसक्दै लुम्बिनीमा नयाँ सरकारको नेतृत्व गर्न चाहने नेताहरूको दौडधुप सुरू भइसकेको छ । यो प्रदेशमा सबैभन्दा ठूलो दलका रुपमा रहेको एमाले र दोस्रो स्थानमा रहेको कांग्रेसका नेताहर मूख्यमन्त्रीको दाबी गरी रहेका छन् ।

सत्तागठबन्धनले निरन्तरता पाएको खण्डमा यो प्रदेश कुन दलको भागमा पर्छ भन्ने भए पनि कांग्रेसका नेताहरु मूख्यमन्त्रीको लागि उपल्लो कमिटीका नेताहरुलाई भेटघाटको लागि दौडधुप गरी सकेका छन् ।

कांग्रेसका नेताहरु दौडधुपमा लागेको  अवस्थामा एमालेका नेताहर पनि गठबन्धन कायम नरहने र त्यो अवस्थामा आफुले यहाँ मूख्यमन्त्री पाउने भन्दै केही नेताहरु दोडधुपमा लागेका छन् । एमालेले त चुनाव अघि नै केही नेताहरुलाई मूख्यमन्त्रीको रुपमा प्रस्तुत गरेको थियो ।

कांग्रेसका तीन नेताको मूख्यमन्त्रीको दाबी

सत्तारूढ गठबन्धनकै सरकार बन्ने अवस्थामा ग्रामीण तथा सहरी विकास मन्त्री तथा कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा रहेका चौधरी मंगलबार काठमाडौं  आइसकेका छन् ।  निर्वाचनका दौरान पनि उनले आफूलाई भावी मुख्यमन्त्रा रूपमा प्रस्तुत गरेका थिए ।

चौधरी दाङ निर्वाचन क्षेत्र नं ३ ‘१’ बाट निवाचित भएका हुन । उनले आफूलाई मुख्यमन्त्रीको रूपमा प्रस्तुत गरेका एमालेका घनश्याम पाण्डेलाई पराजित गरेका हुन् ।

मुख्यमन्त्रीको दाबेदार रहेका कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन रोल्पाबाट र वीरेन्द्र कनौडिया कपिलवस्तुबाट पराजित हुँदा चौधरीको दाबी सहज भएको छ ।

यसैगरी दाङको निर्वाचन क्षेत्र नंं २ ‘१’ बाट कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनाल पनि निर्वाचित भएका छन् । २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएपछि एमाले महासचिव शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए ।  

मूख्यमन्त्रीका लागि दौडधुप गरिरहेका चौधरीलाई मूख्यमन्त्री बन्नका लागि सबैभन्दा चुनौती खनालबाटै हुने कांग्रेस नेताहरु बताउँछन् ।

कांग्रेसबाट मख्य मन्त्रीका लागि दौडधुप गरीरहेका अब्दुल रजाक पनि रहेको छन् । रूपन्देही १ ‘२’ मा निर्वाचित भएका उनी  पनि मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

एमालेमा पनि दुई नेता दाबेदार

यता गठबन्धनकै बहुमत पुगेर मात्रै नभएर लुम्बिनी कुन पार्टीको भागमा पर्छ त्यसमा भर पर्ने कुरा पनि  रहेको छ । यहाँ मंसिर अन्तिमसम्म एउटा वातावरण निर्माण हुने र पुसको पहिलो सातासम्म लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरू हुने बताइएको छ । 

अहिलेको गठबन्धन भत्कियो र एमालेले नेतृत्व गर्ने अवस्था आयो भने रूपन्देही २ ‘१’ बाट निर्वाचित लिला गिरी मुख्यमन्त्रीका प्रमुख दाबेदार मानिएका छन् । पार्टीले उनलाई निर्वाचनका क्रममा मुख्यमन्त्रीको रूपमा प्रस्तुत गरेको थियो । 

यसैगरी यो प्रदेशमा गिरी मूख्य मन्त्री नभएको खण्डमा एमालेले विष्णु पन्थी मुख्यमन्त्रीका दाबेदार रहेको बताइएको छ । लुम्बिनी प्रदेश सभाका लागि एमालमा त्यही सम्भावना  रहेको एमाले नेताहर बताउँदै आएका छन् । 

लुम्बिनीका संस्थापक मुख्यमन्त्री एमालेका शंकर पोखरेलले साढे तीन वर्षे कार्यकालमा थालनी गरेका योजना र विकास निर्माणका कार्यलाई सार्थकता दिन एमालेको नेतृत्व आवश्यक रहेको  पनि नेताह बताउँदै आएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर