• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सम्हालिन थालिसक्याे अर्जेन्टिना !

काठमाडौं । जब आवश्यक पर्यो, अर्जेन्टिनाले सर्वश्रेष्ठ प्रदर्शन गर्यो ।  समूहको अन्तिम खेलमा पोल्यान्डलाई २–० शुन्य गोलले पराजित गरेपछि अर्जेन्टिनाले समूह विजेताका रुपमा नक आउट चरणमा स्थान बनायो ।

क्वाटरफाइनल प्रवेशका लागि अब उसको भेट एसिया महादेशहरुको समूहमा रहेको राष्ट्र अस्ट्रेलियासँग हुनेछ । 

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले यस अघिनै कतारमा उतारचढावपूर्ण यात्रा  तय गरिसकेको छ । लियोनल स्कलोनीको टोली ३६ खेल देखी अपराजित रहदै दोहा आएको थियो । 

तर समूहको पहिलो खेलमानै एसियाली राष्ट्र साउदी अरेबियाले अस्ट्रेलिया माथि दुई एक गोलको सनसनी पुर्ण जित निकाल्यो । जुन सवैका लागि अपेक्षित थिएन् । 

यो नतिजाले अर्जेन्टिनालाई तुरुन्तै ब्याट फुटमा लगिदियो । उपाधिको दावी पेश गर्न पुगेको टिमलाई तुलनात्मक रुपमा कमजोर मानिएको देशले पछि पार्दा उसको नकआउट चरण प्रवेशकै विषयलाई लिएर विभिन्न आशंकाहरु जन्मिएका थिए । 

तर दोस्रो खेलमा मेक्सिको माथि दुई शुन्य गोलको जित निकाल्दै पुर्व च्याम्पियन ट्रयाकमा फर्कियो । समुहको तेस्रो तथा निर्णायक खेलमा पोलिस टिम विरुद्ध अर्जेन्टिनाले धेरै सुधारिएको खेल प्रदर्शन गरेको थियो ।

स्टेडियम ९७४ मा उपस्थित ४४ हजार ८९ समर्थक मध्ये अधिकांश अर्जेन्टिनाकै साथमा थिए ।  

साउदी अरेबियासँग बेहोरेको हारको क्षतिपुर्ति भर्न चाहन्थ्यौ । ‘आज हामीले उत्कृष्ट खेल खेल्यौं । टिमका रुपमा प्रदर्शन राम्रो रह्यो,’ पोल्यान्ड विरुद्ध गोल गरेका एलिक्सस म्याक एलिस्टरले भने ।’ 

लियोनल मेसी पहिलो हाफमा पेनाल्टिमा चुकेपनि खेल नगुमाएको उनको भनाइ थियो । 

पेनाल्टि गुमेपछिको पिच भित्रको स्थिती बारे उनी भन्छन– ‘हामीले सकारात्मक र शान्त  रहने प्रयास गर्यौ, कमजोर महसुस गरेनौं, आशाबादी रहँदै खेलमा राम्रो गर्ने तर्फ साच्यौं । भाग्यवस हामी खेल जित्न सफल भयाैं र अघिल्लो चरण प्रवेश गर्यों ।’ 

पोल्यान्ड विरुद्धको खेलमा अर्जेन्टिना संतुलित, संयमित देखिएको थियो । पोल्यान्डको पोस्टमा अर्जेन्टिनाले २४ सट टार्गेटमा राखेको थियो । यसले गत साता बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले  प्रस्तुत गरेकको सिद्धान्तलाई सही सावित गरिदिएको छ । 

मार्टिनेजले भनेका थिए  – ‘कतारमा धेरै जसो टिम समुहको अन्तिम खेलका लागि मात्र तयार हुनेछन । किनकी  प्रायसः सवै देश ले विश्वकप अघि अभ्यासका लागि एकदमै कम समय प्राप्त गरे । मैत्रीपुर्ण खेल विनानै विश्वकपमा सहभागी भएका हुन् ।’ 

मार्टिनेजका अनुसार – ‘प्रतियोगिता अघि बढ्दै जादा टिमहरुको प्रदर्शनमा पनि सुधार आउदै जाने छ । त्यसमा पनि कुनै टिम खेल जित्दै अघि बढ्छ भने त्यो ठुलो सफलता हुनेछ ।’ 

जब अर्जेन्टिनाको कुरा आउछ तव प्रमाणले मार्टिनेजको कुरालाई पुष्टि गर्छ । उसले कठिन प्रतिद्धन्दीका लागि अझै आफ्नो उत्कृष्ट प्रदर्शनलाई बचाएर राखेको छ । 

उसले पछिल्ला दुई खेलमा जस्तो खेल देखायो त्यसले उपाधिका दाबेदार मानिएका अन्य टिमलाई चेतावनी दिएको छ । मेसी र उनको कम्पनीले गियरमा क्लिक गर्न सुरु गरेको छ । हुन सक्छ उनको टिमले अझै धेरै गर्न बांकीनै छ । 

मेसी पिचमा तब देखिन्छन जब उनको नजिक बल हुन्छ । अर्थात अहिलेको अर्जेन्टाईन टोली मेसीमा पहिलेको तुलनामा कम निर्भर छ । तर यसको मतलव यो पनि होइन की कप्तान मेसी टिमका लागि कम महतवपुर्ण खेलाडी हुन् । टिममा त्यस्ता धेरै खेलाडी छन् जो लामो समय सम्मका लागि तयार हुदैछन् । 

उनीहरु क्वाटरफाइनलमा नेदरल्यान्डस अथवा अमेरिकाको सामना गर्न पनि तयार छन् । त्यसका लागि पहिले अन्तिम १६ मा अस्ट्रेलियाको चुनौती पार गर्नुपर्नेछ । 

सन् २०१४ को उपविजेता अर्जेन्टिना चार वर्ष अघि अन्तिम १६ बाटनै बाहिरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर