• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

घाना विरुद्ध स्वारेजः २०१० मा हातले बल रोकेको चर्चा 

काठमाडौं  । उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले सन् २०१० को फिफा विश्वकप अन्तर्गत घाना विरुद्धको खेलका क्रममा भएको ह्याण्ड बलका लागि माफी माग्न अस्विकार गरेका छन् । 

दक्षिण अफ्रिकामा भएको क्वाटरफाइनल खेल अन्तर्गत इन्जुरी समयमा घानाले गोल गर्न लाग्दा स्वारेजले हातले वल रोकेका थिए । सो गोल भएको भए घाना सेमीफाइनल पुग्ने थियो । 

ह्यान्बलका लागि स्वारेजले रातो कार्ड पाए भने घानाले पेनाल्टि । तर पेनाल्टिमा घानाका आसामोह गयान चुके ।  टाइब्रेकरमा पुगेको खेल उरुग्वेले चार दुइले जित्यो । टचलाइनमा रहेका स्वारेजले जीतको खुशीयाली असाध्यै धेरै मनाएका थिए । सोही कारण घानामा स्वारेजलाई मन पराइन्न । घानाका समर्थकले स्वारेजलाई राक्षसको संघा दिएका थिए । 

यो घटना विश्वकप इतिहासको सवैभन्दा विवादित मध्ये एक हो । घाना विश्वकपको सेमीफाइनल पुग्ने पहिलो टोली बन्ने अवसर बाट बञ्चित भएको थियो । 

१२ वर्ष पछि पहिलो पटक उरुग्वे र  घाना फिफा विश्वकपमा आमने सामने हुदैछन् ।  समुहको अन्तिम र निर्णायक खेलमा  दक्षिण अमेरिकी र अफ्रिकी टोली कतारको दोहा स्थित अल जुनाब स्टेडियममा भोली राति पौने नौ बजे एक आपसमा भिड्दैछन् । यो खेल अघि आज भएको पत्रकार सम्मेलनमा स्वारेजले घाना संग माफी माग्नु पर्ने कारण नरहेको बताएका हुन् । 

स्वारेजले भने – ‘यदि खेलाडीलाइ घाइते बनाएको भए मैले माफी माग्नु पर्दथ्यो । ह्यान्डवलका लागि मैले रातो कार्ड पाए । गल्ति मेरो होइन किनकी पेनाल्टिमा म चुकेको होईन घानाका खेलाडी आफै चुकेका हुन् । 

घानाले भने उरुग्वे अथवा स्वारेज संग बदला लिने उदेश्यले मैदान नउत्रने बताएको छ । कप्तान आन्द्रे आयु मात्र २०१० को सो विश्वकप खेलेका खेलाडी अहिले पनि स्क्वाडमा छन् । उनले आफु विगतमा भन्दा अगाडी बढ्न चाहने उल्लेख गरे । 

‘२०१० मा सवैजनालाई पिडा महसुस भएको थियो । तर म मात्र अर्को चरण पुग्न चाहन्छु । वदला होस या नहोस हामी जीतका लागि खेल्छौ । जीतको इच्छा बाहेक अरु केही छैन’ आयुको भनाई छ । 

समुह एचमा रहेको घाना २ खेलबाट ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।  
एक एक अंक जोडेका दक्षिण कोरिया तेस्रो र उरुग्वे अन्तिममा छ । पोर्चुगल ६ अंकका साथ एक खेल अगावै नक आउट चरण पुगिसकेको छ । 

उरुग्वेलाई अन्तिम १६ पुग्न जित्नै पर्ने दवाव छ । उरुग्वे र दक्षिण कोरियाले आ आफ्नो खेलमा जित निकाले गोल अन्तर गोल गरेको आधारमा अगाडी जाने टिमको टुंगो लाग्नेछ । एसियाली साइड दक्षिण कोरियालाई एक गोलको फाइदा छ । दक्षिण कोरियाले पोर्चुगल संग एडुकेशन सिटी स्टेडियममा खेल्नेछ । 

यदि भोली उरुग्वे पराजित भए स्वारेजले अन्तराष्ट्रिय फुटवल बाट सन्याष लिन सक्ने बताइएको छ । स्वारेजको करियर अफ द फिल्ड विवादका कारण छायाँमा रहदै आएको छ । 

इङलिस प्रिमियर लिग क्लब लिभरपुल बाट खेल्दा म्यानचेस्टर युनाइटेडका पेट्रिक इभ्रालाई जातियता सम्बन्धि गाली गरेपछि स्वारेज माथि ८ खेलको प्रतिबन्ध लागेको थियो । 

२०१४ को विश्वकपमा उनले इटालीका डिफेन्डर  जर्जियो चिलियनीलाई टोके । कारबाही स्वरुप फिफाले स्वारेजलाई चार महिनाको प्रतिबन्ध लगायो । 

स्वारेजले दोहामा भएको पत्रकार सम्मेलनमा बोल्दै घाना संग बदला भन्ने शब्द प्रत्यूत्पादक रहेको बताए । आठ वर्ष अघि चिलियनी संगको घटना पछि आफु कसरी बाहिर निस्किए भन्ने बारे पनि स्वारेजले पत्रकारलाई सुनाएका  थिए  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर