• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बेल्जियम विश्वकपबाट बाहिरियो 

काठमाडौं । बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।अहमेद बिन अलि स्टेडियममा बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो ।

क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ ।जित्नैपर्ने खेलमा बेल्जियमले पाएको अवसरलाई खेर फालेका थिए ।दोस्रो हाफमा मैदान प्रवेश गरेका बेल्जियमका रोमेलु लुकाकुले थुप्रै गोलको सुनौलो अवसर खेर फालेका थिए।

क्रोएसियाले समेत केहि गोलको अवसरलाई सदुपयोग गर्न सकेन् । बराबरीपछि समूह ’एफ’ को बेल्जियमले ३ खेलमा ४ अंक जोड्यो ।  बेल्जियम तेस्रो स्थान रह्यो । बेल्जियमको यस टिमलाई ’गोल्डेन जेनेरेसन’ मानिएको थियो । तर यस टोलीले बेल्जियमलाई उपाधि दिलाउन असफल भएको छ ।

क्रोएसिया भने दोस्रो स्थानमा रहदै राउण्ड अफ १६ मा पुगेको हो । साविक उपविजेता समेत रहेको क्रोएसियाले ३ खेलमा ५ अंक जोड्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर