• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कतार विश्वकपमा आज यी खेलहरु हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरु हुँदैछन् ।  विश्वकपमा शुक्रबार समूह ’एच’ र समूह ’जी’ को दुई दुई खेलहरु हुनेछन् ।समूह ’एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाईसकेको छ ।  अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना उत्तिकै रहेको छ ।

पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।घाना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।दक्षिण कोरिया १ अंकसहित तेस्रो र १ अंक जोडेको उरुग्वे पुछारमा रहेको छ ।

यस्तै समूह ’जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुबै खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।स्विट्जरल्यान्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

क्यामरुन १ अंक जोडेर तेस्रो र सर्बिया १ अंक जोडेर पुछारमा रहेको छ । यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर