• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अखिल (क्रान्तिकारी) विद्रोही समूहको विस्तारित बैठक सम्पन्न 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जनवर्गिय संगठन अखिल (क्रान्तिकारी) विद्रोही समूहले केन्द्रीय कार्यालयको विस्तारित बैठक काठमाडौंको सिनामंगलमा सम्पन्न गरेको छ । 

बैठकमा देशभरीबाट विद्यार्थी नेताहरु काठमाडौंमा आएका छन् । सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनट मौन धारण गर्दै बैठकमा सहभागी सबै प्रदेशका संयोजक र इन्चार्ज , विभागिय प्रमुखहरूले रिपोर्टिङ राखे । बैठकको बहस संगठनको पूर्णता दिने विषयमा, स्ववियू निर्वाचन सम्बन्धमा रह्यो साथसाथै आगमी संघर्षको कार्यक्रम तय गर्ने तथा वैचारिक राजनैतिक मुद्दा एजेण्डा निर्माण गर्नेमा केन्द्रित रहेको प्रवक्ता उपदेश यादवले जानकारी दिए ।

संगठनलाई बिधि बिधान सम्मत रुपमा संचालन गर्नुपर्ने र आम नेता कार्यकर्ताहरुको न्याय गरि क्षमतावान साथिहरुलाई अबसर प्रदान गर्नुपर्ने र मुख्य गरि अखिल (क्रान्तिकारी)लाई वास्तविक विद्यार्थीहरुको हातमा सुम्पनु पर्ने एजेन्डा सहित विद्यार्थी आन्दोलनलाई सशक्त बनाएर अगाडी बडाउन पन्चा नेतृत्वको अबैध कमिटी खारेज गरि अखिल (क्रान्तिकारी) को पुनर्गठन गरिएको र यसले देसैभर नयाँ उत्साह पैदा गरेको उनकाे भनाइ छ ।

संगठनलाई  पुर्णता प्रदान गरि देशैभर जागरण पैदा गर्ने अभियान संचालन गर्ने निर्णय भएको बताउँदै उनले  शैक्षिक क्षेत्र भित्रका बिकृती बिसंगती र माफियाकरणको अन्त्य गर्ने गरि  शैक्षिक रुपान्तरणको एजेन्डा लिएर अगाडी बड्ने विद्यार्थी नेता बालकुमार केसीले बताए  ।

उच्च शिक्षा आयोगको प्रतिबेदन सार्वजनिक गरि कार्यान्वयन गर्न सरकार संग माग गर्ने, जनताका जनजिविका,राष्ट्रियता र संबिधानको कार्यान्वयन साथै समग्र शैक्षिक क्षेत्रको परिवर्तनका लागि हाम्रो संघर्ष केन्दृत गर्नका निम्ति  बैठकले मार्ग निर्देश गरेको संयोजक पवन कार्कीले बताए । बैठकले विभिन्न १० निर्णयहरु गरेकाे बताइएकाे ट ।

५१ सदस्य कार्यालय टिमबाट उक्त बैठकमा सिके भट्ट, चक्रमिलन चन्द, राजेश पटेल, दीपेन्द्र मेहता, विकास भट्टराई, संजीव कार्की, रबिन जंग बस्नेत, सुमन अधिकारी, विनोद बराल , संजिव चौधरी , श्याम कुमार श्रेष्ठ, पद्म नेपाली , बसन्ता भण्डारी, सुष्मा रेग्मी, अम्बिका भुजेल , आस्था घिमिरे , संजिव फुयाल , विराज थापा, श्याम रोक्का, बेनुप खत्री लगाएत ४५ जना नेताहरुको सहभागितामा सम्मपन भएको प्रवक्ता यादवले   जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर