गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा ​प्रदर्शन 

धनुषा  । जनकपुरमा गृहमन्त्री रवि लामीछानेको राजीनामा माग गर्दै  जन कपुरमा प्रर्दर्शनी भएको छ । जनकपुरका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या गरिएपछि मृतकका परिवारजन आन्दोलित भएर र्गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनी गरेका हुन् । 

मृतकका परिवारजन र स्थानीयबासीले आइतबार जनकपुरधाम–९ पिडारी चोकमा प्रदर्शन गरि चक्काजाम गरेका छन् । उनीहरुले प्रहरी प्रशासनको कमजोरी र लापरवाहीका कारण युवकद्वयको हत्या भएको भन्दै प्रदर्शन गरेका छन् ।  जनकपुरधामका युवाद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग उनीहरुले माग गरेका छन् । 

पीडित परिवारले अपहरणकारीको फोन आउँदा आफूहरुले उसको कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरेपनि अहिले प्रहरीले झुठो बोलेर घटनालाई मोड्न थालेको आरोप लगाएका छन् । प्रहरीले विष्णु र रोहितको अपहरणपश्चात् पनि खोजतलासमा कुनै सहयोग नगरेको परिवारजनको आरोप छ । परिवारजनको आग्रह अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेको भए दुबैजनाको ज्यान जोगिने सम्भावना रहेको परिवारजनको भनाइ छ । 

स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछानेको राजीनामाकोसमेत माग गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साहको हत्या गरिएको अवस्थामा आइतबार बिहान भारतको बिहार राज्यको परिहारस्थित पर्सा गाउँको पश्चिमतर्फको चौरमा शव फेला परेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर