• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आचार्यलाई श्रद्धाञ्जली दिर्दै गृहमन्त्रीले भने ‘हामी दोषी छौं, म दोषी छु’ 

काठमाडौं । उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गर्ने प्रेम आचार्यलाई नयाँहरुको आगमनले समेत उत्साह र आशा थप्न नसकेकोमा दुख व्यक्त गरेका छन् ।  

मंगलबार संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका–११ निवासी ३६ वर्षीय प्रेम आचार्यको बुधबार बिहान निधन भएको छ। आचार्य निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रविले नयाँहरुको आगमनले समेत उत्साह र आशा थप्न नसकेको बताएका हुन् । 

सामाजिक सञ्जालमा गृहमन्त्री लामिछानेले लेखेका छन्–

एउटा नागरिकले  अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम  हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर